coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

रेनकोटकाे सिजन

रेनकोट अर्थात पानीबाट जोगाउने कपडा, जस्लाई पानी पर्ने मौसममा प्रयोग गरिन्छ । बजारमा बिभिन्न प्रकार, डिजाइनका रेनकोट उपलब्ध छन् ।

कस्तो रेनकोटको प्रयोग गर्दा पानीबाट जोगीन सकिन्छ भन्ने कुराको अन्योल धेरैलाई हुन सक्छ, तसर्थ आफुलाइ सहज हुने खालका रेनकोटको प्रयोग गर्न व्यापारी सुझाउछन् ।  मौसम झरीको छ, कहाँ कति बेला पानी पर्छ पत्तो हुदैन तसर्थ छाता, रेनकोटको प्रयोग अत्याधिक  बढेको पाइन्छ ।लगनखेल स्थित श्याम श्रेष्ठ छाता, रेनकोटको व्यापार गर्छन् । उनले मौसम अनुसारको चप्पल, रेनकोट, छाता, माक्स, रुमाल, मोजाको व्यापार गर्न थालेको ७ बर्ष भन्दा बढी भैसक्यो ।

मौसम अनुसारको समान खरिद गर्न ग्राहक आउने उनी बताउछन् । झरीको सिजनमा रेनकोट र छाताको व्यापार राम्रो रहेको उनले अनुभब सुनाए । उनी भन्छन्, ‘झरीको समयमा रेनकोट किन्नेको भिड हुन्छ, भने छाता किन्नेको भिड झरीमा होस या टन्टलापुर घाम लागेको समय होस् ग्राहकले प्राय छाता किन्न आउछन् । सामान्यतया सिंगल र डबल रेनकोट बढी बिक्री हुने उनी बताउछन् । उनी भन्छन्,‘हिड्दा हिड्दै अपर्झट पानी परेको समयमा स्कुटर र बाइक चढ्नेहरुले रेनकोट किन्छन्।’

बानेश्वरका शुनिल शर्मा बिद्यार्थी हुन् । ब्याचलरको परिक्षा दिएर बसेका उनी बाइक राइडर हुन् । शुनिल बाइकमाम घुम्न मन पराउछन् । बाइकमा नै उनी देशका धेरै ठाँउहरु घुमेर सकेको उनी बताउछन् । उनी भन्छन्, ‘यस पालीको बिदाको समयलाई घुमेर सदुपयोग गर्ने सोचमा छु, प्रायः म बाइकमा नै घुम्न जाने गर्छु ।’ बाइकमा घुम्दा पानीले निथ्रुक्कै हुने गरी भिजेको धेरै अनुभब रहेको उनले बताए ।

अचेल उनी कतै जादा रेनकोटको व्याग साथमा नै लिएर हिड्छन् । उनी भन्छन्, ‘रेनकोट बोक्न थाले पछि पानीबाट भिज्नबाट बचेको छु , बाइकमा हिड्दा पानी पर्यो भने कि ओत लागेर पानी रोकिने समय सम्म पखर्नु पथ्र्यो कि रुझ्दै हिड्नु पथ्र्यो तर अब भने समस्या भने छैन्, पानी पर्न साथ बाइक रोकेर डबल रेनकोट लगाइहाल्छुु । ’ यो बर्षको झरीबाट जोगिनको लागि उनले डबल रेककोट बिनेको बताउछन् । डबल रेनकोटको प्रयोग गर्दा मान्छे, बाइक पुरै छोपिन्छ र भिज्नबाट बचिन्छ ’ उनले हास्दै भने ।

दोलखाकी लक्ष्मी खड्का न्यरोडमा सडक व्यापार गर्छिन् । सडकको किनारामा उनले सानो पसल राखेकी छिन् । प्लास्टिकको पोकोमा कपडा व्यापार बाट सुरु गरेकी अहिले सडकमा सानो पसल थापेकी छिन् । बिभिन्न प्रकारका छाता, माक्स, भित्री बस्त्र, विन्ड ज्याकेट लगायतका मौसम अनुसारका समान बेच्न लागेको १२ बर्ष भएको उनी बताउछिन् । लक्ष्मी तिन सन्तानकी एकल आमा हुन । गाँउबाट सगै आएका श्रिमानले एक्लै छाडेर सम्पर्क बिहिन भएपछि व्यापार सुरु गरेको उनी बताउछिन् । उनी भन्छिन्, ‘आफ्नो कर्म गरेर खाने हो, हात पाखुरामा बल होउन जेल कसैको भरमा परेकी छैन, आफै काम गरेर खाइन्छ।’

उखर्मौलो गर्मी छल्न होस् या बेमौसमे पानीबाट बच्न होस बच्चा देखि पाका सम्मले छाताको प्रयोग गरेको पाइन्छ । बजारमा थरी थरीका छाता पाइने हुनाले आफुलाइ मन पर्ने रङ र आकारको छाता किन्न सकिन्छ ।  पैदल यात्रीले घाम होस् या पानी परेको समयमा होस् छाताको अत्याधिक प्रयोग गर्ने उनी बताउछिन् । हरेक प्रकारका फेन्सी छाताहरु बजारमा आएको उनी बताउछिन् । उनी भन्छिन्, ‘नेपालमा पाइने छाता चाइना बाट आउने हुनाले बढी फेन्सी छाताको चल्ती बढी छ ।’ महिला होस वा पुरुष छाता किन्न आउने उनी बताउछँन्।

महिला र पुरुषले प्रयोग गर्ने छातामा केहि फरक हुने उनी बताउछिन् । उनी भन्छिन्, ‘महिलाले प्रयोग गर्ने छाता फुलबुट्टे, बुट्टादार हुन्छ भने पुरुषले सादा, सामान्य छाता अली ठुलो छाता खोज्न आउछन् ।’ बढ्दो गर्मी र झरीको समयमा छाताको अत्याधिक व्यापार हुने लक्ष्मी बताउछिन् । सामान्यतः छाताको मुरल्य चार सय रुपैयाबाट सुरु हुने उनी बताउँछिन्।

रेनकोटको प्रयोग दुई पाग्रे सवारी साधन चलाउनेले प्रयोग गरेको पाइन्छ । पानी परेको समयमा पानीबाट बच्नको लागि रेनकोटको प्रयोग गरिन्छ । बजारमा बिभिन्न थरीका रेनकोटहरु उपलब्ध छन् । मन पर्ने रंग, डिजाइनमा खरिद गर्न सकिन्छ । बजारमा बिशेषगरी डबल रेनकोटको माग हुने व्यापारी बताउछन् ।हेल्मेट नेपाल अनलाई सप हो । बिगत तिन बर्ष देखि ग्रहाकलाई बिभिन्न प्रकारका हेलमेटका साथसाथै बाइक चलाउदा आवश्य सामाग्री बिक्रि गर्दै आएको छ । हेल्मेट नेपालमा बिभिन्न प्रकारका रेनकोट पनि उपलब्ध रहेको सञ्जना जोसी बताउछिन् । जोशि बिगत एक बर्ष देखि हेल्मेट नेपालमा कार्यरत छिन् ।

उनी भन्छिन्,‘यो मौसम भनेको रेनकोटको सिजन हो, अहिलेको समयमा रेनकोटको अत्याधिक माग हुन्छ ।’ साइकल, स्कुटर र बाइक चलाउने देखि साना स्कुले नानीहरुको लागि रेनकोट खोज्न आउने उनी बताउछिन् । उनी भन्छिन् ,‘पानी पर्ने मौसममा बाइक राइडरको लागि रेनकोट निकै उपयुक्त हुन्छ, साना स्कुले नानीहरुलाई छाता झन्झटिलो मान्नेहरु पनि रेनकोट किन्न आउछन्।’

बजारमा प्रचलीत रेनकोटहरु
प्लास्टिक रेन पञ्चु (रेनकोट )
पानी परेको समयमा प्लास्टिक रेन पञ्चु निकै उपयोगी हुन सक्छ । प्लास्टिकको रेन पञ्चु अन्य रेनकोटको तुलनामा सस्तो, हलुका र सजिलो हुन्छ । आस्था गरुङ स्कुटि चलाउछिन् । बिहान कलेज र दिउँसो कार्यलय जादा स्कुटरको प्रयोग गर्छिन् । पानी परेको समयमा उनी लाई प्लास्टिकको रेन पञ्चु लगाउन मन पर्छ । उनी भन्छिन्, ‘प्लास्टिकको रेन पञ्चु अन्य रेनकोट भन्दा सजीलो लाग्छ, मुख्य त यो रेनकोटमा पानी नअडि बग्छ ।’

लाइट वयट ट्रेन्स् रेनकोट
लाइट वयर ट्रेन्स् रेनकोट शहरीयाहरुको लागि निकै राम्रो बिकल्प हुन सक्छ । पार्टि, अफिसमा कोट, सुट लगाउनेहरुको लागि लाइट वयट ट्रेन्स् रेनकोट लगाउन उपयुक्त हुन्छ । यो रेनकोटको प्रयोग गर्दा लगाएको लुगा फ्रेस भै नबिगर्ने व्यापारी बताउछन् ।

सिंगल रेनकोट
सिंगल रेनकोट सवारी साधनमा सिंगल हिड्नेहरुको लागि उपयोगी हुन सक्छ । सिंगल रेनकोट वाइसाइकल चलाउनेहरुले बढी प्रयोग गर्ने सञ्जना जोसी बताउछिन् । उनी भन्छिन्, ‘सिंगल रेनकोट वाइसाइकल प्रयोगकर्ताको लागि उपयोगी हुने रेनकोट हो । ’ सिंगल रेनकोटको प्रयोग साना स्कुले नानीहरुके लागि समेत किन्ने गरेको उनी बताउछिन् । ‘छाता किन्दा स्कुलमा बिसर्ने, भाच्ने भएर रेनकोट किन्न आउने गर्छन् ।’ उनले भनिन्।

डबल रेनकोट
डबल रेनकोट दुइ जनाका लागि तयार गरिएको हुन्छ । सानो बच्चा र दुईजनालाई बाइकमा बस्दा यो रेनकोटले पानीबाट बचाउन मद्दत गर्ने व्यापारी लव्मी बताउछिन् । उनी भन्छिन्, ‘यो रेनकोट दुईजनाको लागि उपयुक्त हुन्छ, तुलनात्मक हिसावले हेर्दा सिंगल भन्दा डबल रेनकोट किन्नेको संख्या बढी रहेको छ ।’ बाइक, स्कुटरमा सवार गर्नेहरुले अधिकतम प्रयोग गर्ने रेनकोट मत्तय डबलरेनकोट रहेको व्यापारी बताउछन् । ’

रेन सुट
रेन सुट झरीको मौसममा पुरुषहरुले अत्याधिक किन्ने गरेको व्यापारी श्याम श्रेष्ठ बताउछन् । रेन सुटमा ज्याकेट र पेन्ट गरी दुई वटा छुट्टाछुट्टै उपलब्ध हुन्छ । महिलाका लागि यो रेन सुट खासै उपयोगी नभएको व्यापारी बताउछन् । उनी भन्छन्, ‘महिलाले रेन सुट प्रयोग गर्न झन्झटिलो हुने भएकाले पुरुषले बढी प्रयोग गर्छन ।’ लगाउनलाई अफ्टरो र असहज हुनेभएकाले यको माग अन्यको तुलनमा ठिकै रहेको उनी बताउँछन् ।

प्रकाशित: ११ असार २०७५ ०३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App