coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नक्कली नागरिकताको प्रतिलिपी लिन खोज्ने पक्राउ

खोटाङ – खोटाङमा झुठो विवरण पेश गरी नागरिकताको प्रतिलिपी लिन खोज्ने पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालयको रेकर्डमै नभएको नागरिकताको प्रतिलिपी लिन खोज्ने ऐसेलुखर्क गाउँपालिका–६, ज्यामिरेका ३० वर्षीय उमेश क्षत्री पक्राउ परेका हुन्।

प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर नै नभएको नागरिकताको फोटोकपी पेश गरी प्रतिलिपी लिन खोजेको पाइएपछि क्षत्रीलाई पक्राउ गरिएको खोटाङका निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताए। थप अनुसन्धानका लागि क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय खोटाङमा बुझाइएको छ।

२०६३ सालमा बनेको उल्लेख क्षत्रीले पेश गरेको नागरिकता नम्बर ९१९६ छ। साविकको ज्यामिरे गाविस–९, ठेगाना भएका क्षत्रीको नागरिकताको फोटोकपीमा उनको जन्म मिति २०४२ असोज २३ गते तथा बाबुको नाम रामप्रसाद क्षेत्री उल्लेख छ।

तर, उक्त नम्बरमा अर्कै व्यक्तिको नागरिकता रहेको प्रशासनले जनाएको छ। ‘क्षत्रीको नागरिकताको रेकर्ड प्रशासनमा छैन, प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर पनि छैन,’ निमित्त प्रमुख जिल्ला अधिकारी सुवेदीले भने। शसस्त्र द्वन्द्वका बेला २०६२ सालमा प्रशासनको सम्पूर्ण रेकर्ड जलेकाले सोही आधारमा क्षत्रीले छल गरेर नागरिकताको प्रतिलिपी लिन खोजेको अनुमान गरिएको छ।

प्रकाशित: ११ असार २०७५ ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App