७ वैशाख २०८१ शुक्रबार
खेल

अन्तिम खेलमा पाकिस्तान विजयी

कार्डिफ- सर्फराज अहमेदको ९० रनप्रेरित पाकिस्तानले आइतबार इङ्ल्यान्डविरुद्धको अन्तिम एकदिवसीय खेल ४ विकेटले जितेको छ। हारका बाबजुद इङ्ल्यान्डले पाँच खेलको एकदिवसीय शृंखला ४–१ ले जितेको छ। टस हारेर ब्याटिङ निम्त्याएको इङ्ल्यान्डले ९ विकेट गुमाएर ३ सय ३ को लक्ष्य प्रस्तुत गरेको थियो। पाकिस्तानले ४८.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।

पाकिस्तानले ७७ रन जोड्दा ३ विकेट गुमाएपछि इङ्ल्यान्डले शृंखला क्लिन स्विप गर्ने संकेत गरेको थियो।

तर, सोएब मलिक र अहमेदले चौथो विकेटमा १ सय ६३ रनको साझेदारी गर्दै पाकिस्तानको इनिङ उकासेका थिए। यो चौथो विकेटमापाकिस्तानकोकीर्तिमानी साझेदारी हो। यसअघि रमिज राजा र सलिम मलिकले १९८९ मा नागपुरमा १ सय २२ रनको साझेदारी गरेका थिए।

मलिकले ८० बलमा ५ चौका र २ छक्कासहित ७७ रन जोडे। ओपनर अजर अलीले ३३ र बाबर अजामले ३१ रन जोड्दा मोहम्मद रिजवान ३४ रनमा अविजित रहे।

इङ्ल्यान्डका मार्क उड र लिएम डसनले २–२ विकेट लिँदा क्रिस वोक्सको नाममा १ विकेट रह्यो।

त्यसअघि इङ्ल्यान्डका लागि ओपनर जेसन रोएले ८७ र बेन स्टोक्सले ७५ रन जोडेका थिए। त्यस्तै जोनी बार्सटोले ३३ र एलेक्स हल्सले २३ रन जोडे।

पाकिस्तानका हसन अलीले ४ र मोहम्मद अमिरले ३ विकेट लिँदा उमर गुल र इमद वसिमको नाममा १–१ विकेट रह्यो।

प्रकाशित: २१ भाद्र २०७३ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App