coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

इसेवाबाट स्तरीय होटल बुकिङ

काठमाडौं– उचित मूल्यमा स्तरीय होटल सेवा प्रदानगर्दै आएको ओयोले होटल बुकिङ र भुक्तानीको लागि इसेवासँग सहकार्य गरेको छ।

यससँगै इसेवाका ग्राहकले मोबाईलबाट सहजै  स्तरीय होटल बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ । ओयोसँगको सहकार्यसम्बन्धी सम्झौतापत्रमा इसेवाका पे्रसिडेन्ट अस्गर अली र ओयोका भाइस प्रेसिडेन्ट प्रसुन चौधरीले हस्ताक्षर गरेका थिए।

इसेवाका प्रेसिडेन्ट अलीले ओयो र इसेवाको सहकार्यले नेपालको पर्यटन क्षेत्रमा टेवा पुग्ने बताएको जारी विज्ञप्तिमा उल्लेख छ ।विज्ञप्ति अनुसार सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरिसकेको अवस्थामा नेपाल आउने पर्यटकलाई यो सहकार्यले सहयोग पुग्ने जनाएको छ ।

 

प्रकाशित: ११ असार २०७५ ०१:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App