coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

कुपण्डोलमा भूमिज कलेक्सनको शाखा

काठमाडों– भूमिज कलेक्सन एन्ड बुटिकले ललितपुरको कुपण्डोलमा दोस्रो शाखा खोलेको छ । काठमाडौंको नयाँ सडकबाट महिला पहिरनको बजारीकरण गरिरहेको भूमिजले सेवाग्राहीको चाप बढेपछि कुपण्डोलमा शाखा विँस्तार गरेको जनाएको छ ।

शनिबार अभिनेतृ सञ्चिता लुइँटेल र ओशो तपोवनका सञ्चालक स्वामी अनन्द अरुणले उक्त शाखा उद्घाटन गरेका थिए । उद्घाटनको अवसरमा असार महिनाभर ग्राहकले विशेष किसिमको उपहार र छुट पाउने कम्पनीले जनाएको छ ।
 
फेसन डिजाइनिङ पेसामा आबद्ध ममता गुप्ता र मञ्जु खरेलले संयुक्त रुपमा नयाँ सडकमा तीन वर्षअघि बुटिक सञ्चालनमा ल्याएका थिए । तीन वर्षको अवधिमा आफ्ना उत्पादनले स्वदेश तथा विदेशमा बेग्लै पहिचान बनाएको सञ्चालकको दाबी छ ।समय अनुसार चलनचल्तीको फेसनमा नौलो प्रयोग गरिएका उत्पादन सुपथ मूल्यमा सहज तरिकाले उपलब्ध गराएका कारण बजार बिस्तार सहज बनेको कलेक्सनकी सञ्चालक ममता गुप्ताको भनाइ छ ।

प्रकाशित: ११ असार २०७५ ०१:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App