७ वैशाख २०८१ शुक्रबार
खेल

स्पेनविरुद्ध मोरक्को, नकअाउट चरणका लागि स्पेनलार्इ जित अावश्यक

रूस – विश्वकप फुटबल २०१८ मा पोर्चुगलकै समूहमा मोरक्कोले समूहका दुवै खेल गुमाइसेको छ र विपक्षी पोस्टमा कुनै गोल गर्न सकेको छैन । तर यसको अर्थ उत्तर अमेरिकी प्रतिद्वन्द्वीको चुनौती स्पेनका लागि सहज छ भन्ने होइन।

पहिलो खेलको इन्जुरी सममया आत्मघाती गोलबाट अभागी साबित हुँदा इरानलाई १–० को नतिजा सुम्पिएको मोरक्को दोस्रो खेलमा पोर्चुगलविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दा गर्दै पनि १–० को हार व्यहोर्दै विश्वकपको समूहचरणबाटै बाहिरिएको थियो।

समूहको अन्तिम खेलमा सोमबार स्पेनको सामना गर्दा मोरक्को जितका साथ रूस यात्राको अन्त्य गर्न चाहन्छ । ‘हामीले अन्तिम खेलमा स्पेनको सामना गर्दै छाैं,’ मोरक्कोका प्रशिक्षक हार्भे रेनार्डले भने, ‘हामी जितका साथ रूस यात्राको सुखद अन्त्य गर्न चाहन्छाैं।’

सोमबार मोरक्कोलाई पराजित गरेमा मात्र स्पेनको अघिल्लो चरण पक्का हुनेछ । बराबरीले पनि स्पेनले अन्तिम १६ को यात्रा गर्नेछ । तर त्यसका लागि समूह ‘बी’ कै अर्को खेलमा पोर्चुगलले इरानलाई पराजित गर्नुपर्नेछ । स्पेनका प्रशिक्षक फर्नान्डो हायरोले मोरक्को कठिन प्रतिद्वन्द्वी भएकाले सतर्क भएर खेल्न आवश्यक भएको बताए।

‘हामीलाई अघिल्लो चरण प्रवेश गर्न मोरक्कोसँगको खेलमा विजयी नतिजा आवश्यक छ,’ हायरोले भने, ‘बराबरी वा हारले हाम्रो सम्भावना साँघुरिनेछ र हामीले अन्य नतिजामा निर्भर हुनुपर्नेछ ।’ स्पेनका रक्षक जोर्डी अल्बाले तेस्रो खेलमा पनि पहिलो दुई खेलकै रणनीतिका साथ मैदान उत्रने बताए।

प्रकाशित: ११ असार २०७५ १७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App