१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मानेको फरक अनुभव

एकाटेरिनबर्ग – सेनेगलका अग्रपंक्तिका खेलाडी साडियो मानेले क्लब र राष्ट्रबाट फुटबल खेल्दा मित्रताको दूरी फरक हुने बताएका छन्।

अफ्रिकन टोली सेनेगलले आइतबार जापानविरुद्ध समूह ‘एच’ को दोस्रो खेल खेल्दा साउथह्याम्पटनमा सँगै फुटबल खेलका माया योसिदासँगको मित्रताको दूरीमा फरक अनुभव भएको सुनाएका हुन्।

‘मैले उनलाई राम्रोसँग चिन्छु, किनभने हामी साउथह्याम्पटनमा सँगै खेलेका थियौं,’ शनिबार मानेले भने, ‘हामी प्रायः सँगै हुन्थ्यौं । फुटबल अभ्यास, जिम प्रशिक्षण, सधंै च्याट पनि गर्छौं । हाम्रो मित्रता प्रगाढ छ । तर रूस विश्वकपमा फरक पाएँ।’

उनले रूस विश्वकपमा समकक्षी योसिदालाई भेट्न खोज्दा उनले भेट्न नचाहेको प्रतिक्रिया दिएका थिए । पत्रकार सम्मेलनमा उनले योसिदा असल साथी भएको पनि बताए।

२०१५ को इङ्लिस प्रिमियर लिगमा साउथह्याम्पटनबाट खेल्दा मानेले सबैभन्दा छिटो ह्याट्रिक पूरा गरेका थिए । उनी १ सय ७६ सेकेन्डमा तीन गोल गर्न सफल भएका थिए । सेनेगल राष्ट्रिय टोलीबाट खेल्ने उनी अहिले लिभरपुलमा आबद्ध छन्।

प्रकाशित: १० असार २०७५ १९:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App