आइपिएल क्रिकेटमा दुई करोड ४० लाखको सट्टेबाजी गर्ने पक्राउ

आइतबार, १० असार २०७५, २१ : ०७ नागरिक

काठमाडाैं- महानगरीय अपराध महाशाखाले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने एक जनालाई पक्राउ गरेको छ। 

महाशाखाको टोलीले आइपिएल क्रिकेटमा सट्टेबाजीको नाममा रु दुई करोड ४० लाख ठगी गर्ने धनुषाका ४८ वर्षीय अमृत भन्ने नथमल अग्रवाललाई शनिबार काठमाडौँ महानगरपालिका–४ पानीपोखरीबाट पक्राउ गरी अाइतबार सार्वजनिक गरेको हो। 

अग्रवालले काठमाडौँ महानगरपालिका–७ सिफल बस्ने महोत्तरीका ३९ वर्षीय राकेश सिंहलगायतका व्यक्तिबाट आइपिएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनी उक्त रकम ठगेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। 

पक्राउ अग्रवाललाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ। 

यसैबीच लागुऔषध नियन्त्रण ब्यूरोले २१३ किलोग्राम चरेशसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। ब्यूरोको टोलीले डब्लु बी २३ बी ५८८५ नं को भारतीय ट्रकममा २१३ केजी चरेश, दुई केजी २५० ग्राम अफिमसहित भारतीय नागरिक मेराज आलमलाई शनिबार पक्राउ गरी सार्वजनिक गरेको हो। 

आलमले ट्रकमा फल्स बटम बनाई लुकाइछिपाई राखेको अवस्थामा उक्त परिमाणको लागुऔषध बरामद भएको हो। आलामले उक्त लागुऔषध नेपालको सुनौली नाकाबाट भारतको गोरखपुर हुँदै दिल्लीतर्फ लैजाँदै गरेको प्रहरीले जनाएको छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad