४ वैशाख २०८१ मंगलबार
खेल

पहिलो हाफमा इङ्ल्याण्डले गर्यो गोलको बर्षा,केन र स्टोनीसको दुई–दुई गोल

रूस – रसियामा जारी विश्वकप फुटबलमा समूह जी का इङ्ल्याण्ड र पानामाबीचको खेल जारी छ। निज्नी नोभगोरोड रंगशालामा पहिलो हाफको खेल सकिदा इङ्ल्याण्डले ५–० को फराकिलो अग्रता बनाएको छ।

इङ्ल्याण्डका लागि खेलको ८ औं मिनेटमा जोन स्टोनीसले कर्नर बलमा हेड गोल गर्दै टोलीलाई अग्रता दिलाए। इङ्ल्याण्डका लागि दोस्रो गोल खेलको २२ औं मिनेटमा ह्यारी केनले गरे।

पानामाका  फिडेल इस्कोबारले इङल्याण्का जेसी लिङगाडलाई डि बक्समा लडाएपछि पाएको पेनाल्टीमा केनले गोल गरेका हुन्। ३६ औं मिनेटमा जेसी लिङगाडले अर्को गोल थप्दा इङल्याण्डले अग्रता तेब्बर बनायो। लिङगाडले डिबक्स बाहिरबाट प्रहार गरेको बल सुन्दर गोलमा परिणत भएको थियो।

४० औं मिनेटमा पुन जोन स्टोनीसले हेडमार्फत गोल गर्दै अग्रता अझ फराकिलो बनाए। त्यस्तै पहिलो हाफको इन्जुरी समयमा मिचेल मुरिलोले इङल्याण्डका जोन स्टोनीसलाई डि बक्समा फउल गरेपछि पाएको पेनाल्टीमा पुन केनले गोल गर्दै अग्रता ५–० मा पुर्याए। जारी विश्वकपमा कुनैपनि टोलीले पहिलो हाफमा ५–० को अग्रता बनाएको यो पहिलो खेल हो। 

 

प्रकाशित: १० असार २०७५ १२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App