अनमोल केसी पर्यटन प्रबद्र्धनमा

आइतबार, १० असार २०७५, १२ : ५३ नागरिक

29


काठमाडौं – नायक अनमोल केसी आफू अभिनित फिल्मको प्रमोसन र रिलिजपछि हलमा दर्शकसँग भेट्न बाहेक अन्य समयमा कहाँ के गर्दैछन् भन्ने उनको परिवारबाहेक अन्यलाई थाहा हुँदैन। फिल्ममा व्यस्त नहुँदा घरमै रमाउने अनमोललाई दर्शकले अरुबेला बिरलै भेट्छन्।

होमप्रोडक्सनको फिल्म ‘क्याप्टेन’मा व्यस्त अनमोलले यसपटक भदौको पहिलो सातादेखि अन्तिम सातासम्म दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्दैछन्। सामाजिक कामसँगै पर्यटन प्रबद्र्धनका लागि आयोजना हुन लागेको ‘अनमोल इभ २०१८’ मा अनमोल पूर्वको बिर्तामोडदेखि पश्चिमको बुटवलसम्म पुग्दैछन् । ‘मैले फिल्मबाट दर्शकको मन जितिसकेको छु। मलाई सानैदेखि नै सामाजिक काम गर्ने ठूलो इच्छा थियो । म अभिनयबाहेक सामाजिक रुपमा पनि सक्रिय हुन चाहन्थें,’ अनमोलले शनिबार राजधानीमा पत्रकारमाझ भने, ‘मैले अहिलेसम्म सामाजिक सेवा गरेको थिइनँ। अहिले त्यो काम गर्ने अवसर पाउँदा खुसी लागेको छ। मेरा लागि दर्शकसँग प्रत्यक्ष भेटेर साक्षात्कार गर्ने एउटा अवसर पनि हो।’

फिल्ममा महंगो पारिश्रमिक लिएर चर्चामा आउने अनमोलले ‘अनमोल इभ २०१८’का लागि कुनै पारिश्रमिक नलिएको खुलाए। ‘यो विशुद्ध सामाजिक काम हो। अन्य कार्यक्रमका लागि भए म पारिश्रमिक लिन्थें होला। तर समाजसँग जोडिएको काम भएकाले मैले एक रुपैंयाँ पारिश्रमिक लिएको छैन,’ अनमोलले भने, ‘मेरो सानैदेखिको रुचि पनि सामाजिक काम गर्ने भएकाले मैले पारिश्रमिक लिएको छैन।’

भदौमा फिल्म ‘क्याप्टेन’ रिलिजको तयारी हुने चर्चा चलिरहँदा अनमोलले यो कार्यक्रम फिल्म प्रमोसनको माध्यम पनि हुने संकेत गरे। ‘यो कार्यक्रममा ‘क्याप्टेन’को पनि केही प्रमोसन गर्छु। तर कार्यक्रमको उद्देश्य फरक रहेकाले पूर्ण रुपमा फिल्मको प्रमोसन गर्दिनँ। केही आंशिक प्रमोसन चाहिँ अवश्य हुन्छ,’ उनले भने।

मोनिका इन्टरनेसनल ग्रुपले भदौ ९ मा बुटवल, भदौ १६ मा पोखरा, भदौ २३ मा चितवन र भदौ २९ मा बिर्तामोडमा कार्यक्रम गर्दैछ। आयोजकले अनमोललाई कार्यक्रस्थलमा हेलिकप्टरमा पु-याउने जनाएको छ।

ग्रुपका अध्यक्ष कमल जिसीले सांस्कृतिक कार्यक्रमसँगै पर्यटन प्रबद्र्धनका लागि कार्यक्रम महत्वपूर्ण हुने बताए। ‘कार्यक्रम पर्यटन प्रबद्र्धन, कला संस्कृति संरक्षणसँगै सामाजिक कामका लागि पनि लक्षित छ,’ उनले भने, ‘हामीले यो कार्यक्रमबाट उठेको रकमको केही हिस्सा नेपाल नेत्रहीन महिला संघलाई सहयोग स्वरुप दिनेछौं।’ कमलले आफूलाई एक वर्ष अघि नै संघलाई आर्थिक सहयोग जुटाउनका लागि इमेल आएको स्मरण गर्दै सोही आधारमा अनमोलमार्फत सामाजिक काम गर्नका लागि उनलाई छनौट गरिएको बताए।

संघकी अध्यक्ष सीता सुवेदीले महिलाको सामाजिक उत्थानसँगै संघको सामाजिक काम गर्ने योजनामा अनमोलको कार्यक्रमले सहयोग गर्ने अपेक्षा व्यक्त गरिन्।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...

१६ वटा क्यामरा भएको स्मार्टफोन

१६ वटा क्यामरा भएको स्मार्टफोन

यी १६ वटा क्यामराहरु ४x४ को ग्रिडमा राखिने छ | ...