८ वैशाख २०८१ शनिबार
कला

एकसाथ ‘प्रणय’ र ‘अतिरिक्त’

काठमाडौं – साहित्यकार डा. डिआर उपाध्यायको उपन्यास ‘अतिरिक्त’ र एल्बम ‘प्रणय’ एकसाथ सार्वजनिक भएको छ। राजधानीमा गत शुक्रबार सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, गायक प्रेमध्वज प्रधान, संगीतकार दीपक जंगम, गीतकार दिनेश अधिकारी, संगीतकार बुलु मुकारुङ, संगीतकार चण्डीप्रसाद काफ्ले, कानुनविद् तथा गीतकार डा.भीमार्जुन आचार्यले पुस्तक र एल्बम सार्वजनिक गरे।

एल्बममा ‘कसले भन्छ’, ‘तिमी बिना’, ‘आउ नआउ’, ‘आफ्नै छायाँले’, ‘हाम्रो मधुर मिलन’ र ‘चौबन्दी चोली’ बोलका गीत छन् । गीतमा सागर अधिकारी, सत्यराज आचार्य, स्वरूपराज आचार्य, प्रमोद खरेल, रामचन्द्र काफ्ले, मेलिना राई, मिलन अमात्य, सुरेश लामाको स्वर रहेको छ। एल्बममा सागरको सोलो संगीत छ।

प्रकाशित: १० असार २०७५ ०६:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App