‘महिलाका यौन इच्छाका बारे बोल्नु अपराध हो?’

आइतबार, १० असार २०७५, १४ : ०८ एजेन्सी

मुम्बई – बलिउड अभिनेत्री स्वरा भास्कर हालसालै ‘वीरे दि वेडिङ’को एक दृश्यका कारण ट्रोलको सिकार बनिन्। फिल्मको एक दृश्यमा स्वरालाई हस्तमैथुन गर्दै गरेको देखाइएको थियो । तर स्वराले यो दृश्य आफैंमा गलत नभएको बताएकी छिन्। उनले यो फिल्मले आम मानिसलाई महिलाको यौन इच्छाको बारेमा कुरा गर्न प्रेरित गरेको बताएकी छिन्। उनको तर्क छ, ‘मानिसहरूले कमसेकम महिलाको यौन इच्छाको बारेमा खुलेर कुरा गर्न त थाले जुन विषय वर्जित जस्तै थियो।’

समाज र सिनेमा दुवैमा यौन इच्छाको बारेमा कुरा गर्ने प्रचलन छैन। स्वराको पछिल्लो फिल्मले भने यो विषयमा सानोतिनो बहस छेडेको छ। स्वराको यो फिल्मलाई कसैले महिला केन्द्रित फिल्म भनेर तारिफ गर्ने गरेका छन् भने कसैले यसलाई पूर्णतः काल्पनिक फिल्म भन्ने गरेका छन् । उनीहरुको आरोप छ, योे फिल्मको समाजसँग कुनै पनि समानता छैन। स्वराले फिल्मको सो दृश्यलाई लिएर आफूलाई निशाना पारिने पहिले नै अनुमान गरेको बताएकी छिन्।

‘मलाई थाहा थियो यो दृश्यमा म ट्रोल हुन्छु। यो दृश्यले धेरैलाई झट्का लाग्ने थियो। हाम्रो समाजमा यौनको बारेमा खुलेर कुरा गर्न लाज लाग्छ। म यस्ता कुरामा उदार सोच राख्छु र राजनीतिक मुद्दामा पनि खुलेर आफ्नो धारणा राख्छु। तर यो फिल्म हस्तमैथुनको दृश्यमा मात्र सीमित छैन, त्यसबाहेक पनि धेरै राम्रा कुरा छन्,’ उनले भनेकी छिन्।

उनले भनेकी छिन्, ‘मलाई खुसी लागेको छ कि वीरे दि वेडिङ बलिउडमा पहिलो यस्तो फिल्म बनेको छ जसले खुलेर महिलाको यौन इच्छाको बारेमा कुरा गर्छ । निजी जीवनमा पनि बिस्तारै मानिसले यौनको विषयमा कुरा गर्न थालेका छन्। नत्र त एसियामा महिलाको यौनिकता, शरीर र यौन इच्छाको कुरा अपराध बराबर मानिन्थ्यो।’

केही समय अघि रिलिज भएको ‘वीरे दि वेडिङ’मा स्वरासँगै करिना कपुर, सोनम कपुर, शिखा तलसनियालगायतको अभिनय रहेको छ । फिल्मले भारतमा राम्रो व्यापार गरेको थियो।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad