coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सालाहलाई मानार्थ नागरिकता

मस्को – रूस विश्वकपबाट बाहिरिएको टोली इजिप्टका स्ट्राइकर मोहम्द सालाहलाई रूसको चेचेन्या संघीय प्रान्तले मानार्थ नागरिकता प्रदान गरेको छ।

इजिप्ट टिमका लागि आयोजना गरिएको रात्रिभोजमा चेचेन्याका प्रमुख रामाजान कादिरोभले लिभलपुलका लागि अतुलनीय योगदान पुर्याएको भन्दै सालाहलाई मानार्थ नागरिकता प्रदान गर्न लागेको बताएका हुन्।

‘मोहम्मद सालाह चेचेन्याका मानार्थ नागरिक हुन् ! यति हो,’ प्रमुख रामाजानले टेलिग्राफमा उल्लेख गरेका छन्, ‘आज (शुक्रबार) इजिप्ट र लिभरपुलका लागि फुटबल खेलेका चर्चित खेलाडीलाई मानार्थ सम्मान दिँदै छु।’

इजिप्सियन फुटबल स्टार सालाहलाई मानार्थ सम्मान दिएका चेचेन्याका प्रमुख रामाजानले यसअघि फ्रान्सेली अभिनेता जिरार्ड डिपाडियुलाई यस्तै सम्मान प्रदान गरेका थिए।

विश्वकपमा सहभागिता जनाउन लागि रूस पुगेको इजिप्टको टोलीले चेचेन्याको राजधानी ग्रोज्नीमा प्रशिक्षण गरेको थियो, जहाँ मुस्लिम समुदायको बाहुल्य छ । इजिप्टमा पनि मुस्लिम समुदायको बाहुल्य छ।

 

प्रकाशित: ९ असार २०७५ १९:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App