जाजरकोट दरबारमा भेटिएको बम सेनाद्वारा निस्क्रिय

शनिबार, ०९ असार २०७५, २१ : ४२ जनक केसी

जाजरकोट– जाजरकोट दरबारको छेउमा फेला परेको बम नेपाली सेनाले  निस्क्रिय पारेको छ। द्वन्द्वका बेला नेपाली सेनाले बिछाएको बम शनिवार  सेनाले नै निस्क्रिय पारेको हो। जिल्ला प्रशासन कार्यालय रहेको जाजरकोट दरबारमा द्वन्द्वका बेला सेनाको गुल्म बसेको र सुरक्षाका लागि दरबार छेउमा बिछाइएको बम शान्तिकालमा उठाएर लिन बिर्सिएको थियो। 

शनिवार दरबार छेउमा घुम्दै गरेका एक स्थानीयले दरबारको  उत्तरपट्टिको भिरालो भागमा बमजस्तो वस्तु रहेको भनी प्रहरीलाई सूचना दिएपछि सेनाको डिस्पोजल टोलीले उक्त बमलाई निस्क्रिय पारेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए। उनले  दरबार वरिपरीको क्षेत्रमा अरु पनि बम हुनसक्ने भन्दै सेनालाई आवश्यक अनुसन्धान गरेर  दरबार क्षेत्र सुरक्षित बनाइदिन आग्रह गरिएको बताए। सेनाले निस्क्रिय पारेको बम शक्तिशाली भएको र अन्य अवस्थामा विस्फोट भएको भए  ठूलो मानवीय क्षति हुन सक्ने उनको भनाई थियो। 

प्रशासनले स्थानीय  सर्वसाधारणलाई दरबारको उत्तर पश्चिमपट्टिको भागमा  होसियारी पूर्वक आवातजावत गर्न आग्रह गरेको छ। द्वन्द्वका बेला सेनाले छोडेको बम शनिवार दरबारको छेउमा भेटिएपछि स्थानीयवासी त्रसित बनेका छन्। अझै पनि उक्त क्षेत्रमा बमहरु हुन सक्ने भन्दै उनीहरु त्यस क्षेत्रमा जान डराउन थालेका हुन्। 

यता नेपाली सेनाको जाजरकोटस्थित ज्वाला दलक गणका गणपति प्रमुख सेनानी शैलेन्द्र कोइरालाले शान्तिकाल सुरु हुँदा सेनाको गुल्म उठेर जाने क्रममा बम छुटेको बताए। उनले दरबार क्षेत्रलाई सुरक्षित बनाउनका लागि  बम खोजी गर्ने यन्त्र र साधन आफूहरुसंग नभएकाले त्यसका लागि  सेनाको बाहिनी हुँदै सैनिक मुख्यालयमा आग्रह गरिएको बताए। ‘शनिवार नै पत्र लेखेर जाजरकोट दरबार क्षेत्रमा अरु बम भए नभएको  अवस्था खोजी गरि आवश्यक सहयोग गरिदिन हेडक्वार्टरमा लेखापढी गरेका छौं’, प्रमुख सेनानी कोइरालाले  भने। जिल्लामा  भेटिएको बम निस्क्रिय पार्ने जनशक्ति भएको तर बम छ कि छैन भनेर पत्ता लगाउने उपकरण र जनशक्ति नभएको उनले बताए। 








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad