८ वैशाख २०८१ शनिबार
खेल

पहिलो हाफ : भेलाको गोलमा मेक्सिको नकआउट चरण नजिक

काठमाडाैं - नकआउट चरणमा स्थान बनाउन जित्नै पर्ने दबाब सहित मैदान उत्रेको दक्षिण कोरिया मेक्सिकोसँगको पहिलो हाफमा एक गोलले पछि परेको छ।

समुह एफ अन्तर्गत रोस्टोभ रङ्गशालामा सम्पन्न पहिलो हाफको खेलमा दक्षिण कोरिया खेलको २६ औं मिनेटमा पेनाल्टि मार्फत गोल खान पुग्यो। मेक्सिकोका खेलाडीले प्रहार गरेको बल डि बक्स एरिया भित्र रहेका कोेरियाका ज्याङ् ह्युन सो को हातमा लागेपछि मेक्सिकोले अग्रता बनाउने अवसर प्राप्त गरेको थियो। प्राप्त अवसरलाई मेक्सिकोका कार्लोस भेलाले गोलमा परिणत गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। त्यसछि दुवै टोलिका तर्फबाट गोलका लागि भएका प्रयास सफल हुन नसकेपछि पहिलो हाफको खेल सकिँदा सम्म मेक्सिकोले खेलमा एक शुन्यको अग्रता बनाउन सफल भएको हो।

आजको खेलमा मेक्सिको विजयी भए नकआउट चरण प्रवेस नजिक पुग्नेछ भने कोरिया पराजित भए समुह चरणबाटै घर फर्कने सम्भावना बढेर जानेछ।  

प्रकाशित: ९ असार २०७५ १६:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App