coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अवैध पेस्तोलसहित प्रहरी जवान पक्राउ

सर्लाही– नागरिकको जिउधनको सुरक्षाका लागि खटिएका प्रहरी जवान नै अवैध पेस्तोलसहित पक्राउ परेका छन्। 

दक्षिण भारतीय सीमा क्षेत्र स्थित हथियौलको प्रहरी चौकी छन्कीटोलामा कार्यरत प्रहरी जवान नविन कुमार यादव नलकटुवा पेस्तोलसहित पक्राउ परेका हुन्। रौतहट जिल्ला राजदेवी नगरपालिका निवासी २६ वर्षीय यादवलाई पक्राउ गरी हातहतियार खरखजाना मुद्धामा म्याद लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक पोषराज पोखरेले जानकारी दिए। 

‘केही समययता चालचलन शंकास्पद देखिएपछि उनलाई विशेष निगरानीमा राखिएको थियो’, उपरीक्षक पोखरेलले भने, ‘कम्मर पछाडि भिरी राखेको नलकटुवासहित पक्राउ परे।’ पक्राउ परेका यादवलाई प्रहरी नियमावली अनुसार निलम्बन गरि आवश्यक कारबाही प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा ल्याइएको छ। 

प्रकाशित: ९ असार २०७५ १५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App