नेपाल दलित पत्रकार संघ स्थापना

बिहिबार, ०९ असार २०७३, ०९ : ०५

काठमाडौं- नेपाल दलित पत्रकार संघ बुधबार औपचारिक रुपमा सार्वजनिक भएको छ। सूचना तथा सञ्चारमन्त्री शेरधन राईको औपचारिक उट्घाटनसहित संघले ११ सदस्यीय कार्यसमिति सार्वजनिक गरेको छ।

संघको अध्यक्षमा नागरिक दैनिककी पत्रकार पवित्रा सुनार, उपाध्यक्षमा कमान्डर पोस्ट दैनिकका गोपाल बराइली, महासचिवमा गोरखापत्र दैनिकका लक्ष्मण दर्नाल, कोषाध्यक्षमा रेडियो हिमालयका बुद्धि विश्वकर्मा, सचिवमा नेपालवाणी नेटवर्क रेडियोका सन्तोष गन्धर्व छन्।

सदस्यमा क्रमशः नयाँपत्रिका दैनिकका कृष्णा रिजाल, बिबिसी रेडियोकी सविता विक, रेडियो नेपालकी कमला रसाइली, एबिसी टेलिभिजनका विनोद बिके, जागरण मिडिया सेन्टरका विरु नेपाली, नयाँपत्रिका दैनिककै विश्वास खड्गाथोकी छन्।

 

कार्यक्रमका प्रमुख अतिथी मन्त्री शेरधन राईले संचारकर्मीहरुले उठाउँदै आएको पेशागत सुरक्षाका बिषय संविधानको क्रियाशिलतासंगै लागु हुँदै जाने बताए। राज्य पुर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको जनाउँदै मिडिया क्षेत्रलाई राज्यले अंकुश लगाउन नखोजेको जनाए।

कार्यक्रममा नेपाल पत्रकार संघका अध्यक्ष महेन्द्र बिष्ट,नेपाल पे्रस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्की,सूचना आयोगकी सदस्य यशोदा तिम्सिना, उच्च स्तरीय मिडिया आयोगका काशीराज दाहालले संबोधन गर्दै संघलाई शुभकामना दिएका थिए।

 

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad