८ वैशाख २०८१ शनिबार
खेल

फराकिलो जितका साथ बेल्जियम अन्तिम १६ मा, रोनाल्डोसँग लुकाकुको बराबरी गोल

रूस – रसियामा जारी विश्वकप फुटबलमा बेल्जियमले ट्युनिसियालाई पराकिलो गोलअन्तरले पराजित गरेको छ।

मस्कोको स्पार्टक रंगशालामा शनिबार सम्पन्न समूह जी को आफ्नो दोस्रो खेलमा बेल्जियमले ट्युनिसियालाई ४–१ ले हराएको हो। बेल्जियमको जितमा इडेन हाजार्ड र रोमेलु लुकाकुले दुई–दुई गोल गर्दा मिची बात्सुईले अर्को गोल थपे। ट्युनिसियाका लागि ड्यालेन ब्रोन र वाहबी खाज्रीले एक–एक गोल फर्काए।

खेलको छैटौं मिनेटमा इडेन हाजार्डलाई ट्युनिसियाका बेन युसेफले डि बक्समा लडाएपछि पाएको पेनाल्टीमा हाजार्डलेनै गोल गर्दै टोलिलाई सुरुवाती अग्रता दिलाए। १६ औं मिनेटमा डिरिज मेर्टेन्सले मिलाइदिएको सुन्दर पासलाई सदुपयोग गर्दै लुकाकुले गोल गर्दा बेल्जियमले अग्रता दोब्बर बनायो। लुकाकुले गोल गरेको दुई मिनेटमानै ट्युनिसियाका वाहबी खाज्रीले प्रहार गरेको फ्रिकिममा ड्यालेन ब्रोनले हेडमार्फत गोल गर्दे अग्रता घटाएका थिए।

बेल्जियमका लागि पुनः लुकाकुले पहिलो हाफको इन्जुरीमा व्याक्तिगत दोस्रो गोल गर्दा बेल्जिमले अग्रता तेब्बर बनाएको थियो। पहिलो खेलमा पनि लुकाकुले समान २ गोल गरेका थिए। आजको खेलमा २ गोल गरेका लुकाकुले जारी विश्वकमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा रहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँग बराबरी गरेका छन्। रोनाल्डोले पनि समान ४ गोल गरेका छन्।  पहिलो हाफमा ३–१ को अग्रता लिएको बेल्जियमले दोस्रो हाफमा २ गोल गर्दा एक गोल खायो।

५१ औं मिनेटमा हाजार्डले व्याक्तिगत दोस्रो गोल गर्दा बेल्जियमले ४–१ को अग्रता लियो। त्यस्तै ९० औं मिनेटमा मिची बात्सुईले अर्को गोल थप्दा बेल्जियमले अग्रता अझ फराकिलो बनायो। तर इन्जुरी समयमा ट्युनिसियाका वाहबी खाज्रीले एक गोल गर्दै अग्रता ५–२ मा झारे। त्यसपछि कुनै गोल नभएपछि ट्युनिसिया फराकिलो हार व्यहोर्न बाध्य भयो।

ट्युनिसिया पहिलो खेलमा इङ्ल्याण्डसँग २–१ ले पराजित भएको थियो। हारसँगै ट्युनिसियाको अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना अत्यन्तै न्यून बनेको छ।

प्रकाशित: ९ असार २०७५ १४:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App