८ वैशाख २०८१ शनिबार
समाज

आमाको हत्या आशंकामा छोरा र मलामी प्रहरी नियन्त्रणमा, शव बरामद

गोरखा– गोरखाको भिमसेन गाउँपालिका १ मसेल सपुङ्गेमा आमाको हत्या आशंकामा स्थानीय ३२ राजेश विश्व सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ७० वर्षिया आमा बिबा को कुटपिट गरी हत्या गरेर केही स्थानीयलाई साथ लिएर दाहासंस्कार गर्न खोलामा लगेका बेला मलामीसहित शव प्रहरीले शनिबार नियन्त्रणमा लिएको जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख डिएसपी भेषराज रिजालका अनुसार छोराले मदिरा सेवन गरेर आमालाई कुटपिट गरी हत्या गरेर दाहासंस्कार गर्न लागेकोबारे स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। शब हेर्दा घाउचोट भएकाले कुटपिट भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ। ‘दरौँदी खोलामा निवेलपुल मुनी शव घाटमा पु-याएर चितामाथि जलाउन लागिएको थियो’, डिएसपी रिजालले भने। प्रहरी केही समय मात्रै ढिलो पुगेका भएर शव नियन्त्रणमा लिन सक्ने अवस्था थिएन। शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको र रिपोर्ट आएपछिमात्रै थप जानकारी हुने प्रहरीले जनाएको छ।

स्थानीयलाई उदृत गर्दै प्रहरीको जानकारी अनुसार बिहीवार राती आमालाई छोराले कुटपिट गरेका थिए। बिहान आमाको निधन भएपछि उनले केही गाउँलेलाई जम्मा गराएर मलामी लगेका थिए। मलामी गएका छोरासहित १७ जनालाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ। 

प्रकाशित: ९ असार २०७५ १२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App