८ वैशाख २०८१ शनिबार
कला

स्वस्तिमा बनिन् टेम्पो चालक

काठमाडौ- राजधानीमा टेम्पो चालक महिलाको संख्या उलेख्य छ यसैले महिला चालक हुनु नयाँ भएन। तर शुक्रबार बिहान विजुली बजार क्षेत्रमा चलेको एक टेम्पोमा नयाँ चालक देखिइन्। टेम्पोकि चालकलाई हेर्न भिड नै जम्मा भयो।

 भ्याएकाले त टेम्पो रोकिएको बेला सेल्फी नै खिच्च भ्याए भने कतिले अटोग्राफ माग्न समेत भ्याए। यी नयाँ टेम्पो चालक थिइन नेपाली चलचित्रकि नायीका स्वस्तिमा खड्का। छक्का पन्जा २ लगायतका चलचित्रमा अभिनय गरेर 'वाह वाह' कमाएकि खड्का नयाँ चलचित्रको तयारीको लागि टेम्पो चालक बनेकि हुन्। विजुली बजार क्षेत्रमा भेला भएका आफ्ना फ्यानलाई नयाँ चलचित्रको लागि टेम्पो सिक्न लागेको बताइन्। तर उनले चलचित्रको नाम भने छिट्टै पत्रकार सम्मेलन मार्फत सार्वजनिक हुने भन्दै बताउन चाहिनन्।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App