coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

यसरी पुग्न सक्छ अर्जेन्टिना अघिल्लो चरणमा

रुस– रसियामा जारी विश्वकप २०१८ को दाबेदार मानिएको अर्जेन्टिनाको सुरुवात नै खराब रह्यो। पहिलो खेलमा नयाँ टिम आइसल्याण्डसँग १–१ को बराबरी खेल्दै अंक बाडेको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३–० गोलको फराकिलो हार ब्यहोर्यो। 

यसपटकको विश्वकपमा अर्जेन्टिनाको नेतृत्वको गरिरहेका विश्व प्रसिद्ध फुटबलर लियोनल मेस्सीले पनि कुनै जादु देखाउन सकेनन्। दुई खेल खेल्दा उनले एउटा पनि गोल गर्न सकेका छैनन्। क्रोएसियासँगको हारपछि अर्जेन्टिना पहिलो चरणबाटै बाहिरिने खतरा पनि बढेको छ। यदि यसो भयो भने सन्यासको घोषणा गरेका मेस्सीको खेल जीवनबाट दुःखद विदाई हुनेछ। विश्वकप जिताउने उनको सपना अधुरै रहनेछ।

यद्यपी विश्वकपमा अझै पनि अर्जेन्टिनाको सम्भावना भने सकिएको छैन्। आइसल्याण्ड र नाइजेरियाबीच भएको शुक्रबार राति भएको खेलमा नाइजेरियाले जित निकालेसँगै अर्जेन्टिनाले एउटा जीवनदान पाएको छ। यदि भाग्यले अर्जेन्टिना र मेस्सीलाई साथ दियो भने अर्जेन्टिनाको टिम अघिल्लो चरणमा स्थान बनाउन सक्छ।

तर, यसका लागि समूह डी का बाँकी खेलका नतिजा अर्जेन्टिनाको अनुकुल हुनैपर्छ। अहिले समूह डी को समीकरणमा अर्जेन्टिना १ अंकका साथ अन्तिम स्थानमा छ। जबकी क्रोएसिया ६ अंकका अघिल्लो चरणमा प्रवेश गरिसकेको छ। नाइजेरिया ३ अंकका साथ दोस्रो स्थानमा छ भने आइसल्याण्ड १ अंकसहित तेस्रो स्थानमा छ। अब समूहका बाँकी दुई खेलमा अर्जेन्टिनाले नाइजेरियाको सामना गर्नेछ भने आइल्याण्डको भिडन्त क्रोएसियासँग हुनेछ।

यस्तोमा क्रोएसियाले आइल्याण्डलाई पराजित गरेमा र अर्जेन्टिनाले नाइजेरियालाई हराएमा अर्जेन्टिना ४ अंकसहित अघिल्लो चरणमा पुग्न सक्छ।

यदि अर्जेन्टिनाले नाइजेरियालाई हरायो र आइल्याण्डले क्रोएसियामाथि जित निकाल्यो भने पनि दुबै टिमको अंक बराबर हुनेछ, तर बढी गोल खाएकाले अर्जेन्टिनालाई घाटा ब्यहोर्नुपर्ने हुन्छ। अर्थात आइल्याण्ड अघिल्लो चरणमा जानेछ। 

यस्तोमा अर्जेन्टिना आफ्नो अन्तिम खेलमा नाइजेरियामाथि फराकिलो जितका साथ अघिल्लो चरणमा पुग्ने बाटो खोल्न सक्छ। अब अघिल्लो खेलमा हेर्न बाँकी छ कि मेसी आफ्नो टिम र आफ्नो सपना बचाउन कुनै अवस्मरणीय प्रदर्शन गर्न सक्छन कि सक्दैनन्। 

अर्जेन्टिना र नाइजेरियाबीच असार १२ गते राति ११ः४५ मा सेन्ट पिटर्सबर्ग रंगशालामा प्रतिस्पर्धा हुँदैछ। त्यसैगरी आइसल्याण्ड र क्रोएसियाबीचको खेल पनि सोही दिन राति ११ः४५ मा रोस्टोभ एरिना सामरा रंगशालामा हुनेछ।

प्रकाशित: ९ असार २०७५ १०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App