coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चोरीका गहना र नगदसहित तीन पक्राउ

काठमाडौँ- महानगरीय प्रहरी परिसर काठमाडौँले चोरीका गहना र नगदसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँका राजन खनाल र उपेन्द्र खरेल तथा धादिङका सौरभ तामाङ रहेका छन्।

यही जेठ २ गते भीमबहादुर पुनको डेराबाट हराएको रु चार लाख ९३ हजार ७०० बराबरको गहना र नगदसहित प्रहरीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको परिसरले जनाएको छ।

पुनको डेराबाट हराएको झण्डै सात तोला सुन र नगद खनाल र खरेलले तामाङको पसलमा बिक्रीवितरण गरेपछि प्रहरीले चोरीमा संलग्न दुई जना र पसल सञ्चालक गरी तीनै जनालाई नियन्त्रणमा लिएको हो।

परिसरका प्रवक्ता मोहनकुमार थापाले पक्राउ परेका तीनैजनालाई चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताए।

 

प्रकाशित: ९ असार २०७५ ०७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App