७ वैशाख २०८१ शुक्रबार
समाज

फरार अभियुक्त पक्राउ

नवलपरासी -  स्याङ्जामा एक महिलालाई हत्या गरी फरार रहेका एकजनालाई शुक्रबार पूर्वी नवलपरासीबाट प्रहरीले पक्राउ गरेको छ।

गत जेठ २६ गते एक महिलाको हत्या गरी फरार रहेका स्याङ्जा पुतलीबजार नपा वडा नं २ चिरुवा बस्ने ४६ वर्षीय राजु भन्ने टेकबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।स्याङ्जा पुतलीबजार नपा वडा नं २ चिरुवा बस्ने ५५ वर्षीया माइली भन्ने दिलमाया विकलाई हत्या गरी फरार भई यस क्षेत्रमा लुकीछिपी बसिरहेको विशेष सुराकीका आधारमा विकलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

लागुऔषध कारोवारी पक्राउ

पूर्वी नवलपरासीको गैँडाकोटबाट शुक्रबार एकजना युवालाई प्रहरीले प्रतिबधिन्त लागुऔषधसहित पक्राउ गरेको छ ।

पूर्वी नवलपरासी गैँडाकोट नपा वडा नं ७ बस्ने २४ वर्षीय सुजन विकको घरमा खानतलासी गर्दा प्रहरीले प्रतिबन्धित लागुऔषध फेला परेको हो ।विकको घरबाट प्रहरीले लागुऔषध सेरिजेक ५० एम्पुल, फेनारगन ४० एम्पुल, नुर्फिन ४३ एम्पुल गरी जम्मा १३३ एम्पुल र लागुऔषधका फुटेका केही टुक्रासमेत फेला पारेको जनाएको छ ।

प्रकाशित: ९ असार २०७५ ०४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App