७ वैशाख २०८१ शुक्रबार
अन्य

विश्व कप

‘हुर्रे ! हुर्रेे !’ ‘अब वल्र्ड कप हुन्छ रे’, ‘वी वान्ट मेसी ।’ रमेश घरको आगँनमा ठूलो स्वरले चिच्याएर मज्जाले नाच्दै छ । पाँच कक्षामा पढ्छ ऊ । खुब विश्व कप फुटबलले छोएको छ उसलाई । उसलाई मात्र होइन, उसका साथीहरू दीक्षा, कल्पु, मानव, रामु र निमालाई पनि आउँदै गरेको विश्व कपको हावाले छोएको छ । सबैको आआफ्नो टीम र मनपर्ने खेलाडी छन् । रमेश, दीक्षा अर्जेन्टिनाको सपोर्टर । कल्पु, निमा ब्राजिलको सपोर्टर । अनि मानव र रामु चाहिँ पोर्चुगलको सपोर्टर । बालबालिका हुन् सबैजना तर ठूलामान्छेको हाउभाउको प्रभाव उनीहरूलाई पनि परेको छ।

‘आहा ! हेर न, श्याम अंकलको पसलमा त जर्सी पनि आइसकेको रहेछ,’ कल्पुले भनी । ‘वाह ! हो है म त आजै किन्छु,’ रामुले भन्यो । ‘हामी सबैले जर्सी किन्नुपर्छ है ।’ निमाले भन्यो । ‘हुन्छ, हुन्छ’ सबैले एउटै स्वरमा भने।

जसरी खेलाडी गहना हुन् देशको, तिमीहरू पनि गहना हौ हाम्रो देशको। जसरी एउटा असल खेलाडीले आफ्नो मिहेनत र परिश्रमले उत्कृष्ट खेल प्रर्दशन गरेर आफ्नो देशलाई चिनाउँछन्, त्यसैगरी तिमीहरुले पनि आफ्नो पढाइ, मिहेनतले खेलाडी, डाक्टर, पाइलट, इन्जिनियर, शिक्षक, समाजसेवी भएर देशलाई चिनाउनु पर्छ, असल मान्छे बन्नुपर्छ।’

‘छिटो स्कूल जाऔँ है, फेरि कृष्ण सरले कुखुरा बनाइदिनुहुन्छ ।’ मानवले भन्यो । सबै जना फटाफट विद्यालयतर्फ अघि बढ्छन् । विद्यालयमा पनि विश्व कपको नै कुरा हुँदैछ । नर्सरीदेखि कक्षा दशसम्म पढ्ने सबै विद्यार्थीको मुखमा विश्व कपको नै कुरा छ । ‘फोर्टिन्थ जुनदेखि रसियामा विश्व कप २०१८ सुरु हुँदैछ नि । ल आऊ कसले जित्छ बाजी लगाऔँ एक सय रुपैयाँको ।’ १० कक्षाका विद्यार्थीहरू कुरा गर्दै थिए । रमेशले सबै सुनिरहेको थियो । ‘वल्र्ड कपमा त पैसा पनि राख्नुपर्ने रहेछ । म पनि सबैलाई बाजी राख्ने भन्छु ।’ रमेशले मनमनै सोच्यो । ऊ कक्षामा पस्यो । अरु सबै पहिल्यै कक्षामा गइसकेका थिए।

अंगे्रजी विषय पढाउने कृष्ण सर कक्षामा आउनुभयो । ‘होमवर्क ग-यौ सबैले ?’ कृष्ण सरले सोध्नुभयो । ‘ग¥यौँ सर,’ सबैले भने । तर मानव र कल्पु चुपचाप मुन्टो निहुराएर बसे।

‘तिमीहरूले होमवर्क गरेका छैनौ ?’ सरले सोध्नुभयो । ‘छैन सर, सरी ।’ मानवले भन्यो । ‘किन गरेनौ ?’ सरले सोध्नुभयो । कल्पुले भनी, ‘विश्व कपको कुरा गरेर बसेको, गर्न नै भ्याइएन सर।’

‘ल हेर, तिमीहरू सानै छौ । आफ्नो पढाइ बिगारेर खेलकुदको कुरा गर्नु राम्रो होइन । खेलकुदमा सबैलाई रुचि हुनुपर्छ । समय मिलाएर आफूलाई मनपर्नै खेल खेल्नु पनि पर्छ । खेलकुदको बारेमा बुझ्नुपर्दछ तर पढाइ बिर्सेर यसमा नै भुल्नुहुँदैन । खेल त एउटा सिलसिला हो, प्रत्येक साल दोहोरिन्छ तर तिमीहरूको पढाइ बिग्रियो भने रिजल्ट नराम्रो आउँछ । अनि कसरी तिमीहरू ठूलो मान्छे हुन्छौ भन त ?’ सरले सम्झाउँदै भन्नुभयो।

‘मैले आजकल हेरिरहेको छु, यो कक्षाका विद्यार्थीहरूको पढाइमा खासै ध्यान छैन । साना मान्छेले पढ्ने हो । राम्रो पढाइ भएपछि त तिमीहरू खेलाडी, डाक्टर, पाइलट, इन्जिनियर जे पनि बन्न सक्छौ । खेल पनि हेर्नुपर्छ, खेल्नुपर्छ तर पढाइलाई बाधा नपुग्ने गरी । त्यसैले खेलका लागि पढाइलेखाइ छोड्नुहुन्न है ?’ कृष्ण सरले भन्नुभयो।

‘हवस् सर ।’ सबैले भने ।
०००
‘रमेश वल्र्ड कप त अर्जेन्टिनाले नै जित्छ है ।’ कल्पुले भनी । ‘हो नि । पक्का अर्जेन्टिनाले नै जित्छ,’ रमेशले भन्यो । ‘खुब जित्ला नि अर्जेन्टिनाले ! वल्र्ड कप त ब्राजिलले जित्नेछ, ब्राजिलले ।’ निमाले भन्यो।

यत्तिकैमा कल्पु र निमाको झगडा पर्न लाग्यो । ‘ल आऊ न त, एक सय रुपैयाँको बाजी राख्ने । अर्जेन्टिनाले जिते पैसा मेरो, ब्राजिलले जिते तिम्रो ।’ रमेशले भन्यो।

यो सबै कुरा मानवको बुवाले सुनिरहनुभएको थियो । केटाकेटीले बाजी राख्ने कुरा सुनेर उनीहरूलाई सम्झाउने विचार गर्नुभयो, मानवका बुवाले । ‘ए केटाकेटीहरू, पर्ख त !’ बुवाले बोलाउनुभयो । सबै पछाडी फर्के । ‘नमस्कार बुवा’ भने सबैले । ‘मैले तिमीहरूको सबै कुरा सुनेँ । यो राम्रो होइन । भर्खर पाँच कक्षामा पढ्छौ तिमीहरू । विश्व कप पनि हेर्छौ । तर यसरी यसले जित्नेछ, उसले जित्नेछ भनेर बाजी राख्ने बेला होइन तिमीहरुको ।’ बुवाले भन्नुभयो।

‘जुन विश्व कपलाई लिएर तिमीहरू झगडा गर्दैछौ, यसले तिमीहरूको सम्बन्ध कति नराम्रो बनाउँछ, सोचेका छौ ? विश्व कप त आउँछ जान्छ तर साथीभाइको सम्बन्ध बिगार्नुहुँदैन । यसरी पैसाको बाजी थाप्ने काम गर्नुहुँदैन । तिमीहरूको पढ्ने उमेर हो अहिले । खेल त हेरेर रमाइलो गर्ने मात्र हो । साथीभाइको सम्बन्ध बलियो हुनुपर्छ जसले अप्ठ्यारोमा तिमीहरूलाई सहयोग पु-याउँछ ।’ बुवाले भन्नुभयो।

‘विश्व कप कहिले कहिले हुन्छ बुवा ?’ मानवले सोध्यो । ‘विश्व कप फुटबल एउटा प्रतियोगिता हो, जुन हरेक चारचार वर्षमा दोहोरिन्छ, जसरी हामी वर्षैपिच्छे दशैँ मनाउँछौँ । विश्व कपलाई हामीले स्वागत गर्नुपर्दछ । सम्मान गर्नुपर्दछ, जसरी हामी हाम्रा हरेक चाडपर्वलाई गर्ने गछौँ ।’ बुवाले भन्नुभयो।

‘विश्व कप के हो बुवा ?’ दीक्षाले सोधी । ‘विश्व कप फुटबल खेलाडी र खेल मन पराउनेका लागि पर्व जस्तै हो । उत्कृष्ट खेल प्रर्दशन गरेर आफ्नो राष्ट्रलाई चिनाउने अवसर हो । तिमीहरू पनि त आफ्नो मिहेनतले परीक्षामा राम्रो अंक ल्याई उत्कृष्ट हुन्छौ । कोही पास कोही फेल हुन्छौ । त्यसै गरी विश्व कप एउटा परीक्षा हो, खेलको परीक्षा । जसमा सहभागी जुनसुकै देशले पनि विजय प्राप्त गर्न सक्छ । बुझ्दैछौ नि ?’ बुवाले सोध्नुभयो।

सबैले ध्यान दिएर बुवाको कुरा सुनिरहेका थिए । ‘बुझ्दैछौँ बुवा,’ सबैले भने । ‘तिमीहरुलाई थाहा छ, विश्व कप जुनसुकै देशले जिते पनि उनीहरू आफ्नो प्रतिस्पर्धीलाई जीतको शुभकामना दिने गर्दछन् भने तिमीहरू किन झगडा गर्छौ ?’ बुवाले भन्नुभयो।

‘बाजी राख्नु भनेको चाहिँ के हो बुवा ?’ निमाले सोध्यो । ‘बाजी राख्नु नराम्रो काम हो । जुवा, तास, बाजीले हामीलाई रित्तो बनाउँछ । तिमीहरू ठूला भइसकेका छैनौ । तिमीहरू अहिले यस्तो कुरा ग-यौ भने ठूलो भएपछि कसरी राम्रो मान्छे बन्छौ भन त ? तिमीहरू त सबैजना खेलाडी हौ । जसरी खेलाडी गहना हुन् देशको, तिमीहरू पनि गहना हौ हाम्रो देशको । जसरी एउटा असल खेलाडीले आफ्नो मिहेनत र परिश्रमले उत्कृष्ट खेल प्रर्दशन गरेर आफ्नो देशलाई चिनाउँछन्, त्यसैगरी तिमीहरुले पनि आफ्नो पढाइ, मिहेनतले खेलाडी, डाक्टर, पाइलट, इन्जिनियर, शिक्षक, समाजसेवी भएर देशलाई चिनाउनु पर्छ, असल मान्छे बन्नुपर्छ ।’ बुवाले यसो भनिरहँदा सबैले ध्यान दिएर सुनिरहे । उनीहरूले बुवाका कुरा मनन गरिरहेका थिए।

‘विश्व कपमा आफूलाई मन पर्ने टिम र खेलाडीको समर्थन गर्नुपर्छ । उनीहरूको सम्मान गर्नुपर्छ । तर समर्थन गर्ने नाममा बाजी थाप्ने, होहल्ला गरेर हेर्ने जस्ता काम गर्नुहुँदैन । बुझ्यौ सबैले ?’ बुवाले सोध्नुभयो । सबैजना अचम्म परेझैं बुवालाई हेरिरहे ।  ‘अँ बुझ्यौँ बुवा । अब हामी विश्व कप खेल र खेलाडीलाई सम्मान गर्छाैँ । स्वागत गर्छाैँ र सफल बनाउँछौ । यो कुरा अरु साथीहरूलाई पनि भन्छौँ । अनि झगडा पनि गर्दैनौँ र बाजी पनि राख्दैनौँ ।’ सबैले एउटै स्वरमा भने।

विश्व कप फुटबलबारे जानकारी दिनुभएकोमा सबैले मानवका बुवालाई धन्यवाद दिए । खेलका लागि बाजी थाप्न नहुने, झैंझगडा गर्न नहुने कुरा सबैले बुझे । सबैले बुवालाई भने, ‘धन्यवाद बुवा, हजुरले हामीलाई राम्रो कुरा सिकाउनुभयो।’

केटाकेटीले कुरा बुझेको देखेर बुवा पनि खुसी हुनुभयो । ‘ल अब छिटो घर गएर होमवर्क गर्नुपर्छ है !’ बुवाले भन्नुभयो । ‘हवस् बुवा ।’ भन्दै सबैजना बुवासँगै घर गए।

प्रकाशित: ९ असार २०७५ ०४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App