coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बीच सडकबाटै १ लाख रकम लुटपाट

कपिलवस्तु- कपिलवस्तुको तौलिहवा स्थित नेपाली सेनाको क्याम्प अगाडीबाट सोमवार दिउँसो १ बजे तिर दिनदाहाडै १ लाख बढी रकम लुटपाट भएको छ। नम्बर प्लेट नभएको रातो पल्सर मोटरसाईलमा आएका २ अज्ञात ब्यक्तिहरुले लबनी गाबिस– ९ सिसहनीयाका ५२ बर्षे हरि चन्द्र बढईको १ लाख ६ ह जार ८२५ रुपैया लुटेर फरार भएका छन्। राष्ट्रिय बाणिज्य बैंक अडगाडी रहेको कसौधन मनी चेन्जरबाट निकालेको रकम झोलामा राखेर चोक बजार तर्फ जानेक्रममा पिछा गर्दै गरेका लुटेराहरुले झोला खोसेर भागेका थिए। साउदी अरबमा रहेका बढईका छोरा सुग्रीम शर्माले प्रभु मनी चेन्जरबाट सो रकम पठाएका थिए। धानकालागि मल र पुशकालागि भुस लगायतका सामान किन्नकालागि आफुहरु बजार तर्फ गईरहेको बेला रकम लुटिएको पीडीत बर्ढईले बताए। यस अघि पनि राष्ट्रिय बाणिज्य बैक देखि महेन्द्र गेटको बिचमा पटक पटक रकम लुटपाट भए थिए । दुई साता अघि मात्र राष्ट्रिय बाणिज्य बैंक अगाडीबाट एक सर्बसाधारणको ६५ हजार रकम लुटपाट गर्ने २ भारतीयलाई प्रहरीले पक्राउ गरेको थियो । घटनाको अनुसंधान र लुटेराहरुको खोजी भईरहेको प्रहरी उपरीक्षक बिष्णु केसीले बताए।

प्रकाशित: २० भाद्र २०७३ १२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App