८ वैशाख २०८१ शनिबार
समाज

४७ मुलुकमा नेपाली पश्मिना निर्यात

काठमाडौं – विश्वका ४७ मुलुकमा नेपाली पश्मिना निर्यात हुने गरेको छ। सरकारले उद्योग विकासलाई प्राथमिकता दिए पश्मिना उद्योगबाट मुलुकले आर्थिक लाभ लिन सक्ने नेपाल पश्मिना उद्योग संघले जनाएको छ। च्याङ्ग्राको रौँ पश्मिनाका लागि प्रमुख कच्चा पदार्थ हो। यसलाई प्रशोधन गरी पश्मिना उत्पादन हुन्छ। 

पश्मिना उत्पादनका लागि उद्यमीले कच्चा पदार्थकारुपमा ‘पश्मिना यार्न, शिल्क यार्न, डाय्स तथा रसायन चीन, भारत र युरोपबाट आयात गर्दै आएका छन्। नेपालको पश्मिना अमेरिका, जापान तथा युरोपमा लोकप्रिय छ। नेपालमा पश्मिनाबाट सल, महिला तथा पुरुषका लागि स्वीटर, कम्बल, टी–सर्ट, स्कार्फ, पञ्जालगायत उत्पादन हुन्छ। 

नेपाल पश्मिना उद्योग संघका प्रमुख कार्यकारी अधिकृत हरिचन्द्र अर्यालले देशको आर्थिक विकासमा सघाउँदै आएको पश्मिना उद्योगलाई सरकारले टेवा दिए सम्भावना बोकेको क्षेत्रमा पर्ने बताए। पश्मिनाको कारोबार सन्तोषजनक रहेको उनले बताए। 

वाणिज्य मन्त्रालयको सहयोग तथा समन्वयमा पश्मिनाको उत्पादन, आयात तथा निर्यात प्रवद्र्धन भइरहेको बताउँदै नेपालमा स्थानीयस्तरमा २ अर्ब ५० करोडको पश्मिनाजन्य वस्तुको बिक्री हुने गरेको संघले जनाएको छ। विदेशी मुलुकमा २ अर्ब बराबरको पश्मिना निर्यात हुने गरेको कार्यकारी अधिकृत अर्याल बताउछन्। अधिकांश पश्मिना उद्योग काठमाडौँ उपत्यकामा रहेका छन्।   (रासस)

प्रकाशित: ८ असार २०७५ ११:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App