coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

देउवा र निधिलाई संविधान संशोधनको कुरा गर्ने नैतिक अधिकार छैन: नेता पोखरेल

काठमाडौं–नेकपा एमालेका नेता शंकर पोखरेलले काँग्रेसलाई संविधान संशोधनको कुरा गर्ने नैतिक अधिकार नभएको बताएका छन्।  विगतमा आफूहरुले आन्दोलनकारीसँग सहमति गरेरमात्रै संविधान संशोधन गर्ने प्रस्ताव गर्दा काँग्रेसले नै दुईवटा विषयमा मात्रै संशोधन गरौं भनेपछि आफूहरुले सोही अनुसार सहमति गरेको उनले जनाए।

सोमबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले भने,‘कसैका लागि आवश्यक नभएको विषयमा काँग्रेस किन रुचि राख्छ, यसमा काँग्रेसले क्षमायाचना गर्नुपर्छ, अर्को सहमति नभएसम्म संशोधनको कुरा गर्ने अधिकार काँग्रेस, पार्टीका सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधिलाई छैन्।’

उनले अघि थपे, ‘निधिजीले पहिलोपटक संशोधन गर्दा आफूले जिम्मा लिने कुरा गर्नुभएको थियो, अब फेरि कुन नैतिकताको आधारमा संशोधन गर्ने कुरा गर्दैहुनुहुन्छ ?, निधिले सार्वजनिक रुपमा माफी नमाँगेसम्म संशोधनको कुरा गर्ने नैतिक अधिकार छैन।’  ‘संविधानले कुनै पनि समूदायलाई विभेद नगरेको उल्लेख गर्दै नेता पोखरेलले भने, ‘यो सविधानले कसैलाई विभेद गरेको छैन, केही सामाजिक विभेदहरु छन्, तर संवैधानिक विभेद छैन्,’ उनले भने।

संविधान संशोधन गर्ने कुरामा एमाले बाधक अरु साधक बनेको भनेर हल्ला फैलाइएको आरोप लगाउँदै उनले मधेशी मोर्चाको आन्दोलन संविधान संशोधनको लागि भन्दापनि एमालेको विरोधकालागि मात्र भएको टिप्पणी गरे।

पोखरेलले मधेशी मोर्चाले भन्ने बित्तिकै एमालेले संविधान संशोधनमा सहयोग नगर्ने अडान लिए । उनले भने, ‘के विषयमा संशोधन गर्ने, औचित्य स्पष्ट नगरी अमुर्त कुरा गरेर कसैको विशेष निर्देशन पालना गर्नको लागि गर्ने भनिएको संविधान संशोधनको पक्षमा एमाले छैन, कसैको निर्देशन पालना गर्न जरुरी छैन्।’

राष्ट्रिय समस्याको विषयमा आफ्नो पार्टी छलफल गर्न तयार रहेको उल्लेख गर्दै नेता पोखरेलले भने,‘एमालेसँग छलफल र सहमति नगरी संशोधनको प्रस्ताव आयो भने एमाले विपक्षमा रहन्छ, एमाले पहलकदमी र सहमति विना संशेधनको सम्भवाना छैन।’ उनले संविधान कार्यान्वयन गर्दै जाँदा समस्या उत्पन्न भएमात्रै संशोधन गर्नुपर्नेमा आफ्नो पार्टी स्पष्ट रहेको बताए। ‘कार्यान्वयन नै नभई संशोधनेका कुरा हुँदैन,’ उनले थपे ।

 

प्रकाशित: २० भाद्र २०७३ ११:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App