६ वैशाख २०८१ बिहीबार
कला

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

काठमाडौं – राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्। अर्पणले उपाधिसँगै ‘भ्यूअर्स च्वाइस’ र ‘मष्ट टयालेण्ट’को विधागत अवार्ड जित्दा आर्या ‘मष्ट क्रियटिभ’ भइन्।

रिवन इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा ‘मिष्टर एसइइ अफ द इयर’मा अदिक कार्की ‘फस्ट रनरअप’सँगै ‘बेष्ट -यापवाक’ र ‘मस्ट हेन्डसम’ तथा अनुराग कार्की ‘सेकेण्ड रनरअप’सँगै ‘मष्ट पपुलर’ र ‘बेष्ट सिंगर’ बने।

विधागततर्फ प्रशान्त भण्डारी ‘मष्ट पे्रmण्डली’, सुजन खुलाल ‘मष्ट डिसिप्लिन’, नयन मगर ‘मष्ट एक्टिभ’, कुमोद कार्तियन बडु ‘फेसबुक च्वाईस’ र ‘मष्ट फोटोजेनिक’, उत्सव खतिवडा ‘बेस्ट डान्सर’, बिनम्र राउत ‘बेष्ट पर्सनालिटि’, कञ्चन खत्री ‘बेष्ट फिजिक’, सोनम खड्का ‘मेनेजमेन्ट च्वाईस’, सन्दिप श्रेष्ठ ‘मस्ट डिजर्भिङ’, प्रनिस मगराती ‘सोसल वेलफेएर ऐम्बेस्डर’, आशिष श्रेष्ठ ‘युथ विथ रेस्पोन्सबिलिटी’ र मेलिनराज पन्त ‘मष्ट क्रियटिभ’ भए।

त्यसैगरी ‘मिस एसइइ अफ द इयर’तर्पm मुनस्टोन आचार्य ‘फस्ट रनर अप’सँगै ‘बेष्ट स्किन’, अपेक्षा लुईटेल ‘सेकेण्ड रनर अप’का साथमा ‘बेष्ट स्पिच’, नेहा केसी ‘थर्ड रनरअप’का साथमा ‘मिस टयालेण्ट’ भए।

विधागततर्फ सबिना शर्मा ‘मष्ट पपुलर’, ‘फेसबुक च्वाइस’ र ‘बेष्ट पर्सनालिटी’, आराध्या साह ‘बेष्ट हेयर’, स्वतिका न्यौपाने ‘मष्ट फ्रेण्डली’ र ‘मष्ट चार्मिङ’, अनिषा थापा ‘मष्ट डिसीप्लेन’, प्रिया न्यौपाने ‘मष्ट फोटोजेनिक’ र ‘वेष्ट वाक’, सृजा खरेल ‘बेष्ट डान्सर’, आरती सिंह ‘ब्युटी विथ पर्पस’, सलिसा श्रेष्ठ ‘भ्यूअर च्वाईस’, विनिषा शर्मा ‘बेष्ट स्माइल’, रितिका खड्का ‘बेष्ट फिजिक’, आश्मा थपलिया ‘फेसन आइकन’, ईशा कर्ण ‘सोसल वेलफेर एम्बेसडर’ र चन्दा श्रेष्ठ ‘बेष्ट सिंगर’ भए।

अश्विनी झाको कोरियोग्राफीमा भएको प्रतियोगितामा गायक, संगीतकार तथा अभिनेता एसकुमार, गायक तथा गीतकार सिताराम पोखरेल, अभिनेता विष्णु रिजाल, ‘मिसेस नेपाल इन्टरनेशनल २०१८’ सुरुची पाण्डे, संगीतकर्मी तथा अध्यापक सरोज प्याकुरेल र शिक्षासेवी पंकज जलन निर्णायक  थिए।

प्रकाशित: ८ असार २०७५ ०५:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App