४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

न्युजिल्यान्डकी प्रधानमन्त्रीलाई पुत्री लाभ

तस्विर : एजेन्सी

लन्डन– न्युजिल्यान्डकी बहालवाला प्रधानमन्त्री ज्याकिन्डा आर्डेर्नले पहिलो सन्तानलाई जन्म दिएकी छन् ।पहिलो सन्तानका रूपमा उनलाई ३.३१ किलोग्रामकी पुत्री लाभ भएको बिबिसीले उल्लेख गरेको छ।

शिशु जन्मिएसँगै उनी प्रधानमन्त्री पदमै रहँदा बच्चा जन्माउने आधुनिक इतिहासकै दोस्री जननिर्वाचित नेत्री बनेकी छन् । चिकित्सकले दिएको समयभन्दा चार दिनपछि बिहीबार सबेरै प्रधानमन्त्री अर्डेर्नलाई राजधानी अकल्यान्डस्थित एउटा अस्पतालमा भर्ना गरिएको थियो।

शिशुको जन्म स्थानीय समयअनुसार चार बजेर ४५ मिनेटमा भएको बताइएको छ । पुत्री लाभ भएपछि प्रधानमन्त्री अर्डेर्नले आमा बन्न पाउँदा आफूले भाग्यमानी महसुस गरिरहेको बताउँदै अस्पतालका सबै कर्मचारीलाई सामाजिक सञ्जालमार्फत् धन्यवाद दिएकी छन् ।

सुत्केरी भएपछि ३७ वर्षीया प्रधानमन्त्री अर्डेर्नले आफ्नो सम्पूर्ण जिम्मेवारी उपप्रधानमन्त्री विन्सटन पिटर्सलाई सुम्पिएकी छन् । उनले छ साता लामो सुत्केरी बिदा लिएको बिबिसीले जनाएको छ । आफू सुत्केरी बिदामा बसे पनि महत्वपूर्ण विषयमा छलफल गर्ने र फुर्सदको समयमा मन्त्रिपरिषद्को निर्णय अध्ययन गर्ने बताएकी छन् ।

प्रकाशित: ८ असार २०७५ ०४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App