बर्सेनी बढदैछ सवारी दुर्घटनामा

शुक्रबार, ०८ असार २०७५, ०९ : ०५ हिमाल लम्साल  | @mtlamsal

काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या कहालीलाग्दो ढंगले वृद्धि भइरहेको छ।

उपत्यकाभित्र हुने सवारी दुर्घटनामा परी वर्षेनी सयौं जनाले ज्यान गुमाउने गरेका छन्  । उपत्यकामा सवारी दुर्घटना कमी हुुनुको सट्टा झन्–झन् वृद्धि हुदैं गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले देखाएको छ।

 चालकको लापरबाही, अव्यवस्थित सडक, ट्राफिकको बेवास्तालगायत कारण उपत्यकामा सडक दुर्घटना भई मृत्यु हुनेको संख्या कम हुन सकेको छैन । उपत्यकामा गत साउनदेखि जेठ मशान्तसम्मको दश महिनाको अवधीमा पाँच हजार  सात सय  ८१  वटा सवारीसाधन दुर्घटनामा परेका छन् । दुर्घटनामा एक सय ६८  जनाले ज्यान गुमाएका छन्।

 दुर्घटनामा परी चार हजार  ९९ जना घाइते भएका छन् । जुन तथ्यांक गत आर्थिक वर्ष २०७३–७४ को १२ महिनाको अवधिमा १ सय ८२ जना  दुर्घटनामा परेर ज्यान गुमाएका थिए । आर्थिक वर्ष सकिन बाकीँ रहदै गर्दा  दुर्घटना दर अझै बढ्ने देखिन्छ । महाशाखाका एसएसपी तथा प्रमुख बसन्त पन्त काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या भयावह रहेको  बताउँछन् ।‘उपत्यकामा सवारी दुर्घटनाको संख्या र ज्यान गुमाउनेको संख्या अस्वाभाविक ढंगले बढिरहेको छ । जुन निकै चिन्ताको विषय हो,’ उनले भने,‘समयमा नै सचेतना नअपनाएको खण्डमा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या अत्यधिक हुनेछ ।

त्यसैले आजैका दिनदेखि ट्राफिक जनचेतना फैलाउनुपर्ने देखिन्छ ।’महाशाखाका अनुसार सवारीचालकको लापरबाही, सवारीसाधनको अत्यधिक चाप, सडकको अवस्था, सवारीसाधनको तीव्र गति, ओभरटेक, ओभरलोड, यान्त्रिक गडबडी, पैदलयात्रुको गल्ती, मादकपदार्थ सेवनलगायत कारण सवारी दुर्घटना हुने गरेका छन् । 

प्रमुख पन्त  सवारीचालकको लापरबाहीकै कारण उपत्यका दुर्घटनामा बढेको बताउँछन् । ‘उपत्यकामा सवारीचालकको चरम लापरबाहीकै कारण अधिकांश दुर्घटना हुँदै आइराखेका छन्’ उनले भने, ‘सवारीसाधनको चाप बढेअनुसार सचेतनात्मक कार्यक्रम गर्न सकेनौँ, त्यसले सवारी दुर्घटना न्यूनीकरण गर्न नसकिएको हो।’

नागरिक समाजका अगुवा कनकमणि दिक्षितले उपत्यकामा बढ्दो सवारी दुर्घटना संख्याले पैदलयात्रु र सवारीचालकका लागि यहाँका सडक असुरक्षित बन्न थालेको बताए ।‘उपत्यकाका सडक पैदलयात्रुमैत्री नै छैनन् । जसको कारणले वर्षेनी सवारी दुर्घटना बढेका छन्,’ उनले भने,‘अब सवारी दुर्घटना न्यूनीकरणको लागि पाठयक्रम नै ट्राफिक जनचेतना सम्बन्धि उल्लेख गर्नुपर्ने बेला भइसक्यो ।’ उनका अनुसार सहरी क्षेत्रमा ५० प्रतिकिलोमिटरको गतिमा सवारीसाधन गुडाउदाँ पैदलयात्रु असुरक्षित भएका हुन् ।

महाशाखाका अनुसार सवारीचालकको लापरबाही, सवारीसाधनको अत्यधिक चाप, सडकको अवस्था, सवारीसाधनको तीव्र गति, ओभरटेक, ओभरलोड, यान्त्रिक गडबडी, पैदलयात्रुको गल्ती, मादकपदार्थ सेवनलगायत कारण सवारी दुर्घटना हुने गरेका छन् ।यातायात व्यवस्था विभागका कायममुकायम महानिर्देशक प्रेमकुमार सिंहले यान्त्रिक गढबढी र चालकको लापारवाहीको कारणले सवारी दुर्घटनामा वृद्धि भएको बताउँछन् ।

‘मान्छेलाई जस्तै सवारीसाधनको पनि नियमित जाँच गर्नुपर्ने हुन्छ,’ उनले भने,‘सवारीसाधनको जतिसुकैबेला पनि यान्त्रिक गढबढी हुन्छ ।त्यसैले नियमित मर्मतसम्भार गरेमा धेरै हदसम्म दुर्घटना अन्त्य हुने थियो ।’ उनका अनुसार  विभागले सवारी दुर्घटना न्यूनीकरणको लागि सातवटै प्रदेशमा भेहिकल फिटनेल सेन्टर सञ्चालन गर्न लागेका छौं । गत साउनदेखि जेठ मशान्तसम्म देशभर ९ हजार ९ सय ८९ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । सवारी दुर्घटनामा परेर देशभर दुई हजार तीन सय १८ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा परेर ११ हजार ३ सय १० जना घाइते भएका छन् ।

आर्थिक वर्ष ०७१–७२ मा उपत्यकामा सवारी दुर्घटनामा परेर  एक सय ३३ जनाले ज्यान गुमाएकामा ९२ पुरुष थिए ।  त्यस वर्ष तीमध्ये २८ महिला, नौ बालक र चार बालिकाको ज्यान गयो । आर्थिक वर्ष ०७२–७३ मा दुर्घटनामा परेर एक सय ६६ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमध्ये एक सय २२ पुरुष थिए भने ३१ महिला, आठ बालक र पाँछ बालिका थिए ।  आर्थिक वर्ष ०७३–७४ मा उपत्यकामा एक सय ८२ ले ज्यान गुमाएका थिए । त्यसमध्ये एक सय २४ पुरुष, ४३ महिला, १३ बालक र एक बालिका थिइन् । 

सवारी तथा यातायात व्यवस्था ऐनको दफा– १३७ अनुसार पैदलयात्रीले जेब्रा क्रस, सब–वे, ब्रिज वा बाटो काट्न निर्धारण गरिएको ठाउँबाट मात्रै बाटो काट्नुपर्ने प्रावधान छ । तर, ऐनमा जेब्रा क्रसमा सवारी दुर्घटना गराउनेलाई के कारबाही गर्ने भन्ने प्रस्ट छैन । ऐनको दफा– १६१ अनुसार सवारीचालकले जानाजान दुर्घटना गराएर पैदलयात्रुको मृत्यु भएमा सर्वस्वसहित जन्मकैद हुन्छ । सवारी दुर्घटनाकै कारण कुनै व्यक्तिको मृत्यु भए दुईदेखि १० वर्षसम्म कैदको व्यवस्था पनि ऐनमा छ ।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad