coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्वार्ता

‘ मेलम्चीको पानी दसैंअघि आउनेमा शंका नगर्नुस् ’

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने समयको प्रतीक्षा मुलुकमा भइरहेको छ । आयोजनाको समय लम्बिदै जाने र त्यसबापत राज्यले थप खर्च पनि गरिरहनु पर्ने परिस्थिति छ ।आयोजनाको तालुक मन्त्रालयका रुपमा रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिवमा गजेन्द्रकुमार ठाकुर मंगलबारदेखि पुनः जिम्मेवारीमा पुगेका छन् । सचिव ठाकुरसँग मेलम्ची आयोजना र सरोकारका विषयमा नागरिककर्मी हिमाल लम्साल र खिलक बुढाथोकीले गरेको अन्तर्वार्ता :

सरकारले मेलम्ची सम्पन्न हुने भाका बारम्बार नाघेको देखिन्छ  । यसपाली विभागीयमन्त्री विना मगरले दशैं भित्रै मेलम्चीको पानी आउने घोषणा गरेकी छन्  । दशैं भित्र मेलम्चीको पानी आउला त ?

अहिलेसम्म जे लक्ष्य छ, सोही लक्ष्य अनुसार दशैंसम्म मेलम्चीको खानेपानी भित्राउन खासै समस्या छैन । मेलम्चीको रोकिएको काम चालु गर्ने हो भने ५०–६० दिनमा गर्न सकिन्छ । दशैं आउन त अझै सय दिन भन्दा धेरै छ । तर, पहिला विगतमा थिति बिग्रार्ने काम भयो । ठेकेदारले काम रोक्ने र आयोजनाले पैसा दिदैं काम अगाडी बढाउने गलत संस्कार बस्यो । ठेकेदारले विभिन्न चार चरणमा गरेर १ सय करोड भन्दा बढी रकम भुक्तानी गरियो । अहिले फेरि ठेकेदार कम्पनीले क्षतिपूर्ति माग गर्दै काम ठप्प पारेको छ।

 ठेकेदार कम्पनीले भूकम्प र नाकाबन्दी देखाउँदै १ अर्ब ६५ करोड रुपैयाँ माग गरेको छ, भुक्तानी गर्नुहुन्छ?
ठेकेदारले अनेक बाहानाबाजी र ढिलासुस्ती गरेर काम रोक्ने अनि भुक्तानी  माग्दै जाने प्रवृत्ति नौलो होइन् । मेलम्ची खानेपानी आयोजनामा सामान्य जस्तै भइसक्यो ।

ठेकेदार कम्पनीले काम रोकेर पैसाको बार्गेनिङ गर्ने प्रवृत्तिले नै अहिलेको समस्या उब्जिएको हो ।  पहिला जस्तै अहिले पनि कामै नगरिकन पैसा पाइने रैछ भनेर ठेकेदार कम्पनीले काम अवरुद्ध गरेर बार्गेनिङ गरिरहेको छ।

अहिले हामी  ठेकेदार कम्पनीले काम ठप्प पारेपछि हामी कानुनी उपचारको लागि ‘डिएबी’ मा गएका छौं । कानुनी कुरा ठेकेदारले मात्रै जित्ने होइन्, सरकारले पनि जित्न सक्छ । यसपाली विगतमा जस्तै पहिलै भुक्तानी गर्ने मनसायमा छैनौं । डिएबी हुदैं आर्विटेसन हुदैं कानुनी उपचार खोज्नेछौं । सम्पूर्ण अदालतले ठेकेदारलाई भुक्तानी गर्नुपर्ने बताएको खण्डमा मात्रै गर्नेछौं ।

काम त हाम्रो देशमा हुने हो । हाम्रो देशको कानुन अनुसार कानुनी उपचार समेत खोज्नेछौं । यस अघि खानेपानी तथा सरसफाई  मन्त्रालयमा  ३ महिना १० दिन काम गरेको थिए । त्यो बेला  सचिवको जिम्मेवारी सम्हाल्दा ६ महिनादेखि  मेलम्चीको काम  बन्द भएको थियो । तर, म आएको सात दिनभित्रै बन्द रहेको काम खुलाएर नियमित रुपमा सञ्चालन गरेको थिएँ । त्योसँगै सुरुङको ब्रेक थ्रुको काम भयो ।

दुर्भाग्य भनौ वा भाग्य दुई महिना ६ दिनभित्रै यही मन्त्रालयमा फेरि आएको छु । अहिले पनि  दुई महिनादेखी मेलम्चीको निर्माण कार्य ठप्प नै छ ।  अहिले मेलम्चीमा ठूलै प्रपञ्च रैछन् । त्यसका बावजुद रोकिएको काम एकसाताभित्रै तदारुपताको साथ काम अगाडी बढाएर लक्ष अनुसार नै मेलम्चीको पानी दशैंभित्र आउनेछ । विश्वस्त हुनुहोस् लक्ष अनुसार काम हुन्छ । त्यसैले तपाई दशैंमा पानी आउनेमा शंका नगर्नुस।

लक्ष्यअनुसार मेलम्चीको पानी दशैंभित्र आउँछ भन्नुभयो ।तर, मेलम्चीको हेडवक्र्सको काम सुरु नै भएको छैन, अर्काेतर्फ मेलम्चीको हेडवक्र्स र सुरुङ जोड्ने ६० मिटर क्षेत्रमा पाइप जडान भएको छैन । सुरुङको इन्भर्ट यस्तो अवस्थामा मेलम्चीको पानी कसरी दशैंसम्म आउँछ ?
 जम्माजम्मी इन्र्भट लाइनिङ (सुरुङको तल्लो भाग ढलान ) २३ किलोमिटरमध्ये ६ किलोमिटर सम्पन्न गरिसकेका छौं । अब मोटामोटी १७ किलोमिटर इन्र्भटलाइनिङ ढलान गर्न बाकीँ छ । हामीले अहिले आठ ठाउँबाट लाइनिङको  काम गर्ने उपकरण भित्राइसकेका छौं ।

एउटा मिक्चरले दैनिक ३५ मिटर इन्भर्ट ढलान गर्ने क्षमता रहेको छ ।त्यसैले ८ वटा मिक्चरले दैनिक सरदर तीन सय मिटर ढलान गर्ने क्षमता रहेको छ । उक्त मिक्चरको सहायताले मासिक ९ किलोमिटर लाइनिङ ढलानको काम गर्न सक्छौं । लाइनिङको काम गर्दा अन्य कामलाई पनि नियमति रुपमा सञ्चालन गर्नेछौं  । अहिले नै स्थायी ड्याम हेडवक्र्स बनाएर मेलम्चीको पानी ल्याउने होइनौं । अहिले अस्थायी ड्याम बनाएर पानी भित्राउने हो ।अहिले नै स्थायी ड्याम बनाएर पानी भित्राउन सम्भव छैन  । त्यसैले अहिले हेडवक्र्सदेखि सुरुङ जडान गर्ने  १.५ मिटर डयास्को भेन्ट पाइप मगाइसकेका छौं ।

उक्त भेन्ट पाइप आइसकेको छ । उक्त  सवारीसाधनबाट लैजान सकिदैंन ।त्यसैले हेलिकप्टरबाट लैजाने तयारी थालेका छौं । पहिला काम सुरु गराउनुपर्यो दुई महिनाभित्रै गर्न सकिन्छ ।

इन्फरमेसन र कम्युनिकेसनको काम दु्रत गतिमा अघि बढाइनेछ । विगतमा हाम्रो व्यवस्थापनबाट केही कमजोरी भएकै हो ।त्यसैले म आएसँगै ठेकेदारलाई आश र त्रास देखाएर समयमा काम सम्पन्न गर्नेछौं । कानुन ठेकेदारलाई मात्रै हुने नेपाल सरकारलाई नहुने भन्ने हुदैंन । अन्तर्राष्ट्रिय ठेक्कामा ठेकेदारलाई  आश र त्रास दुवै देखाएर काम गर्नुपर्ने हुन्छ।

 हेडवक्समा स्थायी ड्याम नबनाइकन अस्थायी ड्यामबाट पानी भित्राउँदा बालुवा र गेग्रान भित्रिने उत्तिकै जोखिम हुन्छ नी ?
अस्थायी ड्यामबाट पानी ल्याउँदा तपाइँले भने जस्तो समस्या आउँदैन । सुरुङ भनेको लामो सेनिमेन्टेसन ट्यांकी हो । हल्काफुल्का रुपमा  केही त हुन सक्ला  ।तर, उक्त  बालुवा र ग्रेगानले टनेललाई केही असर पार्दैन । हामीले पनि कच्चा काम गर्दैनौं । त्यसैले बालुवा र ग्रेगानको ठूलो समस्या आउँदैन ।

स्थायी ड्याम नै बनाएर पानी ल्याउने भन्ने हो भने अझै ६ महिनाभन्दा  धेरै समय लाग्न सक्छ । त्यसैले अस्थायी ड्यामबाट पानी ल्याउन खोजेका हौं । बालुवा र ग्रेगान आउने सैद्धान्तिक कुरो हो, प्राविधिक कुरा होइन् ।
पानी खादै  जान्छौं । अनि ड्याम बनाउँदै जाने हो । 

अहिले हामीले दुई हजार लिटर प्रति सेकेन्ड भित्राउनेछौं । टनेल क्षमताभन्दा २० प्रतिशत मात्रै पानी भित्राउने भएकाले केही समस्या हुदैंन् । उक्त टनेलबाट हामीले १७ करोड लिटर  ल्याउने खोजेका हौं ।तर, उक्त टनेलको क्षमता सय करोड लिटर पानी भित्राउन सक्ने क्षमता रहेको छ ।त्यसैले  त्यसको पाँच भागको एक भाग मात्रै ल्याउन खोजेका हौं ।त्यसैले  पानी भित्राउँदा टनेल ड्यामेज पार्दैन ।

ठेकेदार कम्पनीले बारम्बार अनेक बाहानाबाजी गरेर काममा ढिलासुस्ती गरिरहेको छ । तर,तपाईहरुले ठेकेदारलाई कारवाही गर्नुको सट्टा उल्टै म्याद थप्दैं आइराख्नुभएको छ नी ?
बाहानाबाजी गर्ने भएर अन्तर्राष्ट्रिय ठेकेदार भएका हुन् ।  अन्तराष्ट्रिय ठेकेदारले काम मात्रै गर्देनन् । उनीहरुले ठेक्कामा अनेक बाहानबाजी, क्लेम र भेरिएसनको माग गरेनन् भने अन्र्तराष्ट्रियको ठेकेदार नै हुदैंनन् । यस्ता गतिविधी ठेक्कापट्टाको अभिन्न अंग जस्तै हुन् ।

यस्ता कामबाट आतिनु हुदैंन । यसमा  व्यवस्थापक र कन्ट्राक्टर र परामर्श दाता रहेका हुन्छ । व्यवस्थापकले ठेकेदारलाई कम लागतमा ठेकेदारलाई आश वा त्रास देखाएर काम गराउनुको विकल्प छैन । ठेकेदारले कसरी बढीभन्दा बढी काम देखाएर काम लम्बाएर धेरै रकम असुल्ने नियत हुन्छ । त्यसमा व्यवस्थापक सचेत भएर ठेकेदारलाई काम लगाउनुको विकल्प छैन ।  आफ्नो ढुकुटीको रकम कम खर्चिएर नै काम लगाउने हैसियत हुनुपर्छ । ढुक्क हुनुहोस एक साताभित्रै बन्द भएको काम सञ्चालने गर्ने तयारी गरेका छौं । हेर्दै जानुस् हामी सरकारको ढुकुटीबाट ठेकेदारलाई रकम भुक्तानी गर्दैनौं ।

अन्य कुन माध्यमबाट गर्ने विषयमा छलफल भइराखेको छ । तीन वटा विकल्प सोचिरहेका छौं ।  ठेकेदारले पाउने रकम कटाएर सिमेन्ट, छड वा निर्माण सामग्री उपलब्ध गराउने वा ठेकेदार कम्पनीले इटलीबाट पैसा ल्याउने वा यहाँको कुनै बैंक धरौटी बसेर काम गर्ने भन्ने विकल्पबारे कुराकानी भइराखेको छ । यी तीन  विकल्प बारेमा सोचिरहेका छौं । हामीले भुक्तानी गर्नेर रकमको ७२ प्रतिशत इटलीमा जाने गर्छ । यहाँ २८ प्रतिशत मात्रै खर्च गर्ने गर्छन् । त्यसैले समझदारीमा काम गर्न लागेका छौं ।

ठेकेदार कम्पनीले भूकम्प र नाकाबन्दीको कारणले १ अर्ब ६५ अर्ब रुपैयाँ भुक्तानी माग गरिरहेको ? यसमा भुक्तानी हुन्छ की हुदैंन ?
 भुइँचालोलाई कसैले रोकेर रोक्न सकिदैंन । भूकम्प आएसँगै निर्माण कार्यमा असर पारेको हो । भूकम्प गएको ६ महिना बित्ननपाउँदै फेरि भारतीय नाकाबन्दीको कारणले पनि निर्माणमा असर गरेको हो । ठेकेदार कम्पनीले दैनिक २० हजार लिटर खर्च गरेर २४ औं घण्टा जेनेरेटर सञ्चालन गरिरहेका हुन् । ठेक्का सम्झौता अनुसार भूकम्प र नाकाबन्दीले भएको क्षतिपूर्ति रकम ठेकेदार कम्पनीले दावी गर्न पाउँछन् ।तर, ठेकेदार कम्पनीले काम नै ठप्प पारेर  भुक्तानी रकम माग्न मिल्दैन । अब त हामी १४ आना काम सकियो । अब २ आना मात्रै काम बाकीँ छ।

बाहनाबाजी गर्ने ठेकेदार तोड्न किन ठेक्का तोड्न सकिदैंन ?
 अहिले ठेक्का तोडेर नयाँ ठेकेदारलाई लगाउन सक्ने अवस्था छैन । नियम अनुुसार ठेक्का तोड्न त सकिन्छ । ठेक्का तोडेसँगै आउने समस्या झन्ै अप्ठयारो हुने खालको हुन्छ ।त्यसैले यही ठेकेदारलाई फकाएर छिट्टो काम गर्नुको विकल्प छैन । रोकिएको काम नयाँ ठेकेदार ल्याएर काम गराउँदा अझै धेरै समय लाग्ने हुन्छ ।  नगरेको काम वापतको पेश्की दिन सक्दैनौं । काम गरेअनुसारको रकम भुक्तानी त गर्नै पर्यो नी ।

 

 

प्रकाशित: ८ असार २०७५ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App