८ वैशाख २०८१ शनिबार
अर्थ

पाँच महिनामा साढे ४ लाख पर्यटक

काठमाडौं  - सन् २०१८ को पहिलो पाँच महिनासम्ममा हवाई मार्ग हुँदै साढे ४ लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्।

अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार गत जनवरीदेखि मे महिनाभित्र ४ लाख ५४ हजार ८ सय ५५ पर्यटक नेपाल आएका थिए । यो भनेको गत वर्षको सोही अवधिको दाँजोमा १२ दशमलव ५ प्रतिशतले बढी हो।

यो वर्ष पाँचौं महिना मेमा हवाई मार्ग हुँदै ६८ हजार ८ सय २५ पर्यटक नेपाल भ्रमणमा आएका छन् . यो संख्या गत वर्ष मेको भन्दा ( दशमलव ६ प्रतिशतले धेरै हो २)१७ मेमा ६२ हजार ७ सय ७३ पर्यटक नेपाल घ’म्न आएका थिए । मे महिनालाई नेपाली पर्यटन उद्योगमा ‘अफ सिजन’ का रूपमा लिइन्छ।

नेपालको पर्यटन उद्योगमा पर्यटक आगमनको प्रम’ख याम (हाइ सिजन) का रूपमा अक्टोबर आधा महिना, नोभेम्बर, फेबुअरी, मार्च र अप्रिललाई लिइन्छ । यसै गरी डिसेम्बर, जनवरी र सेस्टेम्बरको पहिलो द’ई सातासम्मलाई लो सिजन तथा मे, जून, ज’लाई र अगस्टलाई अफ सिजन मानिन्छ।

गत मेमा सार्क राष्ट्रबाट पर्यटक २ दशमलव २ प्रतिशतले बढेका थिए । संख्या २३ हजार १ सय ३४ पुगेको छ ।भारतबाट ८ दशमलव ६ प्रतिशतले बढेर २१हजार ७ सय २८ आएका थिए . एसियाबाट १४ दशमवल २ प्रतिशतको सुधार रेकर्ड गरिएको छ ।अर्को प्रमुख बजार चीनबाट २५ दशमलव २ प्रतिशतले पर्यटक वृद्धि भएर ९ हजार १सय ५१ आएका छन् । त्यस्तै सिंगापुर र थाइल्यान्डबाट बढे पनि जापान, मलेसिया र दक्षिण कोरियाबाट घटेका छन् ।

य’रोपबाट भने १८ प्रतिशतले घटेका छन् । संख्या १२ हजार ६१ मा अडेको छ।गत वर्ष मेमा १४ हजार ७ सय ११ आएका थिए । युरोपका चेक गणतन्त्र, डनमार्क, नर्वे, रूस, स्वीडेन र बेलायतबाट पर्यटक घटेका छन् भने अस्ट्रिया, बेल्जियम, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड, पोल्यान्ड र स्पेनबाट पर्यटक बढेका छन्।

त्यसैगरी अर्को प्रमुख बजार अ‍ेमरिकाबाट भने ७ दशमलव ! प्रतिशतको सामान्य सुधार रेकर्ड गरिएको छ । गत मेमा ६ हजार ९ सय ८२ अमेरिकीले नेपाल भ्रमण गरेका थिए . गत वर्ष मेमा भने ६ हजार ४ सय ९९ आएका थिए ।

प्रकाशित: ८ असार २०७५ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App