coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अर्जेन्टिनाको लज्जास्पद हारसँगै क्रोएसिया अन्तिम १६ मा

गाेल गरेपछि क्राेएसियाका लुका मोड्रिक ।

काठमाडाैं - पहिलो जितको खोजीमा रहेको अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरेको छ।

बिहीबारको हारसँगै अर्जेन्टिनाको शिर्ष १६ मा पुग्ने सम्भावना कमजोर बनेको छ भने क्रोएसियाले समुह चरणमा खेलेका दुवै खेलमा जित निकाल्दै शिर्ष १६ का लागि आफ्नो स्थान पक्का गरेको छ।  

समुह डी अन्तर्गत निज्नी नोभगोरोड रङ्गशालामा सम्पन्न खेलको ५३ औं मिनेटमा अर्जेन्टिनाका गोलरक्षक विल्ली क्यावालेरोको गल्तिको फाईदा उठाउँदै क्रोएसियाका एन्टे रेबिकले गोल गरे। यस्तै खेलको ८० औं मिनेटमा लुका मोड्रिकले डि बक्स वाहिरबाट गरेको कडा प्रहारले सिधै गोलपोष्टको जाली चुम्न पुग्यो।

८० औ मिनेटमा दुई गोलले पछि परेपछि खेलमा फर्कने सम्भावना कम भएको अर्जेन्टिनाले दोश्रो हाफको इन्जुरि समयमा डिफेन्सको फितलो प्रदर्शनका कारण तेश्रो गोल खाँदै समग्रमा तिन शुन्य गोल अन्तरले नतिजा क्रोएसियालाई सुम्पियो। क्राेएसियाकालागि तेश्राे गाेल इभान रकिटिकले गरे।

खेल अवधिभर केहि मात्रै गोल गर्ने अवसर पाएको अर्जेन्टिनाले पाएका केहि अवसरलाई समेत क्रोएसियाको रक्षापंक्तिले विफल तुल्याइदियो।पहिलो खेलको तुलनामा कमजोर प्रदर्शन गरेको अर्जेन्टिनाका मेस्सीको समेत बिहीबारको खेलमा जादुमयी शक्ति चल्न सकेन।
बिहीबारको जितसँगै शिर्ष १६ मा पुग्ने क्रोएसिया चौथो राष्ट्र बनेको छ।

प्रकाशित: ७ असार २०७५ २०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App