८ वैशाख २०८१ शनिबार
समाज

जम्बुडाँडामा प्रहरी र लुटेरा समूहबीच गोली हानाहान, १ घाइते

काठमाडौं– राजधानीको मुलपानी र बौद्ध नजिकको जम्बुडाँडामा प्रहरी र लुटेरा समूहबीच गोनी हानाहान भएको छ। घटनामा १ जना घाइते भएका छन्। घाइते हुनेमा खुडे भन्ने अमर बहादुर तामाङ रहेका छन्। उनको खुट्टामा चोट लागेको छ।

तामाङको समूहलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गर्न खोज्दा प्रहरीमाथि गोली चलाएपछि गरेपछि प्रहरी जवाफी फायर गरी नियन्त्रणमा लिएको हो। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहका अनुसार उनको साथबाट १२ सय डलर तथा डलर साइजका कागज र पेस्तोलसहित २ राउण्ड गोली बरामद भएको छ।

तामाङको समूहले जेठ २४ गते ताप्लेजुङ घर भई काठमाडौंको चौमती बस्ने वीरेन्द्र तामाङलाई डलर साटिदिन्छु भनी लोभ्याएर साखुको जंगलमा लगी १९ लाख लुटेर भागेका थिए।

त्यसैगरी २८ गते चितवन चापाकोट घर भएका राज भण्डारीको ८ लाख रुपैयाँ लुटेका थिए। सो समूहले सूर्यविनायकको जंगलमा लगी भण्डारीलाई कुटपिट गरी लुटपाट गरेका हुन्। 

यस्तै, जेठ ३० गते राजकुमार बानिँयाको साथबाट कपनमा ४ लाख ९० हजार लुटपाट गरेका थिए। 

प्रकाशित: ७ असार २०७५ १४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App