coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

डेनमार्कसँग बराबरीमा रोकिँदा अष्ट्रेलियाको अघिल्लो चरण यात्रा कठिन

रूस – विश्वकप फुटबल समूह सी को आफ्नो दोस्रो खेलमा डेनमार्क र अष्ट्रेलियाले बराबरीमा चित्त बुझाएका छन्।

रसियाको समारा एरिना रंगशालामा बिहीबार सम्पन्न पहिलो खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १–१ को बराबरीमा रोकेको हो। निकै प्रतिस्पर्धात्मक एवं रोमाञ्चक खेलको ७ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए। एरिक्सनले निकोलाइ जोरगेनसेनको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।

खेलको सुरुवातमै गोल खाएर दबाबमा आएको अष्ट्रेलियाले ३८ औं मिनेटमा पाएको पेनाल्टीमार्फत बराबरी गोल फर्कायो। डेनमार्कका युसुफ पौलसेनले डि बक्स एरियामा हेण्ड गरेपछि एआरमार्फत अष्ट्रेलियाले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई सदुपयोग गर्दै अष्ट्रेलियाका मिल जेडिनाकले गोल गरे।

जेडिनाकले फ्रान्सविरुद्ध आफ्नो पहिलो खेलमा पनि पेनाल्टीमार्फत गोल गरेका थिए। योसँगै जेडिनाकले विश्वकपमा ३ गोल गर्दै अष्ट्रेलियाका लागि धेरै गोल गर्नेको सुचीमा दोस्रो स्थानमा पुगेका छन्। सर्वाधिक गोल गर्ने सुचिमा टिम केहील रहेका छन्। उनले विश्वकपमा ५ गोल गरेका छन्।

अष्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग २–१ ले पराजित भएको थियो भने डेनमार्कले पहिलो खेलमा पेरूलाई १–० को हार चखाएको थियो। जितसँगै डेनमार्कको २ खेलमा ४ र अष्ट्रेलियाको २ खेलमा १ अंक भएको छ। 

प्रकाशित: ७ असार २०७५ १४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App