८ वैशाख २०८१ शनिबार
अर्थ

दशैंका लागि असोज १६ बाट नयाँ नोट वितरण

फाइल तस्बिर

काठमाडौं– नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज १६ गतेबाट नयाँ नोट वितरण सुरु गर्ने भएको छ। काठमाडौं उपत्यकामा सर्वसाधारणका लागि प्रतिव्यक्ति ३७ हजार पाउने गरी केन्द्रीय बैंकले नयाँ नोट वितरण गर्न लागेको बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले नागरिक न्युजलाई बताए।

‘५ देखि १०० दरका नयाँ नोट २÷२ बण्डलका दरले ३७ हजार रुपैयाँसम्म एक व्यक्तिले साट्न पाउने गरी व्यवस्था मिलाउन लागिएको छ,’ उनले भने, ‘सेना, प्रहरी, निजामति कर्मचारी, राष्ट्र बैंकका कर्मचारीले भने विभागबाट सामुहिक सिफारिससहित आएर प्रतिव्यक्ति ५५ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउनेछन्।’
सहप्रवक्ता पण्डितका अनुसार केन्द्रीय बैंकले निजी बैंक तथा वित्तीय संस्थाहरुका लागि भने असोज १४ गतेबाट नयाँ नोट वितरण सुरु गर्ने छ।

काठमाडौं उपत्यकाबाहिर राष्ट्र बैंकका कार्यालयहरुले विभिन्न ७ ठाउँबाट मुद्रा वितरण गर्ने जनाइएको छ। ‘उपत्यकाबाहिर भने प्रतिव्यक्ति कति रुपैयाँसम्म साट्ने भन्ने कुरा सम्बन्धित कार्यालयहरुले नै निर्णय गर्नेछन्,’ सहप्रवक्ता पण्डितले भने।

उनका अनुसार दशैंका लागि नयाँ नोट साट्ने व्यक्तिहरुको घुईंचोलाई ध्यानमा राखेर यस वर्ष केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले कुपनको व्यवस्था मिलाउने भएको छ। कुपन नम्बर अनुसार वितरण हुने भएकाले सर्वसाधारणले सहज रुपमा नयाँ नोट साट्न पाउने छन्।

शाररीरिक अपाङ्गता भएका तथा अशक्त व्यक्तिहरुका लागि भने विशेष व्यवस्था मिलाइने बताइएको छ।
निजी बैंक तथा वित्तीय संस्थाले पनि आफ्ना ग्राहक तथा सर्वसाधारणलाई नयाँ नोट साट्न पाउने व्यवस्था मिलाउने उनले बताए।

प्रकाशित: २० भाद्र २०७३ ०८:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App