८ वैशाख २०८१ शनिबार
समाज

जुम्लामा अत्याधुनिक हतियार एसएलआर बरामद

जुम्ला–जिल्ला प्रहरी कार्यालय जुम्लाबाट गएको गस्ती टोलीले सिजा क्षेत्रको धापा गाविस–६ घोडयांगामा एसएलआरको म्यागेजिनसहित १५ राउण्ड गोली बरामद गरेको छ।

आइतबार सिजाकै शनिगाउँ–४ स्थित जलजला खाप खण्डको जंगलमा लुकाइ राखेको अवस्थामा एसएलआर एकथान र एसएलआरको म्यागेजिनसहित १५ राउण्ड गोली फेला पारेको हो। प्रहरी नायव उपरीक्षक विष्णुहरि कोइरालाले सल्लाको झयासले ढाकेको अवस्थामा एसएलआरसहित गोली भेटिएको जानकारी दिए।

उनका अनुसार उक्त क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था थप कडा बनाएको छ। नेत्रविक्रम चन्द नेतृत्वको  नेकपा माओवादीको पकड क्षेत्रका रुपमा मानिएको सो क्षेत्रमा अझै हतियार र गोलीगठ्ठा हुन सक्ने अनुमान प्रहरीले गरेको छ।

सोही स्थानमा एसएलआर राइफलको गोली राउण्ड २५ र म्यागेजिन १ थान र चालवाला पुर्जा एक थान आइतबार मात्रै प्रहरीले बरामद गरेको थियो।  जुम्लामा अत्याधुनिक हतियार थप हुन सक्ने भन्दै प्रहरीले थप गस्ती टोली खटाएर सर्च अप्रेशन थालेको छ।  हातहतियार प्रहरीले फेला पारेपछि त्रसित स्थानीयलाई सुरक्षाको प्रत्याभूति दिन सुरक्षा अवस्था कडा बनाइएको प्रहरीले जनाएको छ। स्थानीयलाई प्रहरीले सर्च अप्रेशनलाई सफल बनाउन सहयोग गर्न अनुरोध गरेको छ।

 

प्रकाशित: २० भाद्र २०७३ ०८:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App