७ वैशाख २०८१ शुक्रबार
समाज

गृहिणीलाई निःशुल्क ग्यास सिलिन्डर

रौतहट– आफ्नो निर्वाचन क्षेत्रको सम्पूर्ण परिवारको भान्छालाई धुवामुक्त बनाउने अभियानको क्रममा रौतहट क्षेत्र नम्बर ३ का साँसद प्रभु साहले गृहिणीलाई निःशुल्क ग्यास सिलिन्डर वितरण गरेका छन्। चालु आर्थिक वर्षभित्र आफ्नो निर्वाचन क्षेत्रको प्रत्येक स्थानीय तहको कम्तीमा एउटा वडालाई धुवामुक्त बनाउने अभियानअन्तर्गत विहीवार गरुडा नगरपालिकाको वडा नम्बर ६ को पोठियाहीमा गृहिणीलाई एसपी ग्यासको सिलिन्डर, ग्यास चुल्हो, रेगुलेटर र पाइप प्रदान गरेका छन्।

गाउँमा पहिलो चरणमा साढे ५ सय घरपरिवारलाई सम्पूर्ण सामग्री वितरण गरिएको छ। गृहिणीलाई चुल्हो वितरण कार्यक्रमको उद्घाटन गर्दै साँसद साहले हरेक घरलाई ढलानसहितको सडक, नाला, बिजुली र खानेपानीको सुविधा ५ वर्षभित्र जसरी पनि प्रदान गर्ने प्रतिबद्धता दोहो¥याए। आफ्नो क्षेत्रलाई फुसको छाप्रोमुक्त समेत बनाउने प्रतिबद्धता जनाएका साँसद साहले आगामी ५ वर्षभित्र ३१ हजार युवालाई स्वरोजगारमूलक स्तरीय तालिम दिने प्रतिबद्धता समेत व्यक्त गरे।

गृहिणीलाई निःशुल्क ग्यास कार्यक्रमले विपन्न तथा दलित महिलाको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने र दाउरामा खाना पकाउँदाभन्दा खाना छिटो पाक्ने भएकोले समयको बचत हुने र महिलालाई धेरैबेर भाँडा माझ्न पनि नपर्ने हुनाले छात्रालाई विद्यालयको पढाइको लागि समय बचत हुने साहको विश्वास छ।

पहिलो चरणमा मौलापुर नगरपालिकाको चारवटा, कटहरिया, फतुवा विजयपुर र गुजरा नगरपालिकाको दुई दुई वटा वडामा ग्यास वितरण गरिसकिएको बताउँदै साँसद साहले गरुडा नगरपालिकाको वडा नम्बर ६ का बाँकी घरपरिवार तथा वडा नम्बर ५ को शिवनगर र ठेठरहियालाई पनि केही दिनमै निःशुल्क ग्यास उपलब्ध गराउने स्पष्ट पारेका छन्।

प्रकाशित: ७ असार २०७५ ०८:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App