coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेप्से ८ बिन्दुले घट्यो

काठमाडौं - सेयर बजार मापक नेप्से सूचक बुधबार ८.३४ बिन्दुले घटेको छ । १८८१ बिन्दुमा पुगेको नेप्से घटेर १२१७.८४ मा आइपुगेको छ।

बुधबार कुल एक सय ५६ कम्पनीको २७ करोड ३८ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कुल २५ लाख ९१ हजार नौ सय नौ कित्ता सेयर कारोबार भएको हो । नेप्सेमा कारोबार भएका नौवटा समूहको सूचक ओरालो लागे भने व्यापारिक समूहमा कुनै पनि परिवर्तन भएको छैन । बिमा समूहको सबैभन्दा बढी ४०.८८ बिन्दुले घटेको छ । यसैगरी, वाणिज्य बैंक समूहको ६.४१ बिन्दुले ओरालो लागेको छ ।

कारोबार रकममा ओम डेभलपमेन्ट बैंकले अग्रता लिएको छ । ओमको तीन करोड ६१ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः मेगा बैंक र नेपाल बैंक परेका छन् ।

प्रकाशित: ७ असार २०७५ ०३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App