८ वैशाख २०८१ शनिबार
समाज

जुम्लामा कडन सर्च अप्रेशन, हतियारसहित ६ पक्राउ

लुटपाटमा सक्रिय लुटेरा र बरामद गरिएका हातहतियार। तस्बिरः डिबी बुढा।

जुम्ला– जिल्ला प्रहरी कार्यालय जुम्लाले जिल्लाका विभिन्न स्थानमा लुटेराको विगविगी भइरहेको गुनासो वढेपछि कडन सर्च अप्रेशन शुरु गरेको छ। अभियानअन्तर्गत प्रहरीले हतियारसहित ६ जना लुटेरालार्इ पक्राउ गरेकाे छ। 

प्रहरी नायब उपरीक्षक विष्णुहरी कोइरालाले सोमबार पत्रकार सम्मलेनमार्फत लुटपाटका घटनामा संलग्न अभियुक्त र उनीहरुले बोकेका हातहतियार सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा शसस्त्र प्रहरी प्रमुख, जिल्ला अदालतका न्यायधीस, सरकारी वकिल र प्रमुख जिल्ला अधिकारीको उपस्थिति रहेको थियो।
उनका अनुसार भदौ २५ गते बुम्रा माडीचौर गाविसको ३ नेउरीघाटाट हतियार एसएमजी एक नाल, यसको गोली ७ राउण्ड, चाइनिज पेस्तोल १ थान, सोको गोली ३ राउण्ड, ७२, ७, ८६ नगद, चानियाँ मुद्रा ४१, ४ थान मोवाइल सेट र ५ वटा झोलासहित ५ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा जुम्ला गज्र्यांकोट ३ का ३० वर्षीय धिरबहादुर परियार, धापा ६ का ३३ वर्षीय अशोक तिरुवा, मुगु कोडवाडा गाविस–८ का ३१ वर्षीय दलबहादुर कार्की, मुगु जिमा ३ का २५ वर्र्षीया गोबिन्द टमाटा, मालिकाठाटा गाविस–४ का ३२ वर्षीय मुनबहादुर बोहोरा रहेका छन्।

उनीहरुको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुले  साउन र भदौ महिनामा यार्सा सङ्कलनका लागि गएको मानिसहरु स्थानीय तथा चीनबाट आउने व्यापारीलाई लक्षित गरी लुटपाट गर्ने गरेको स्वीकार गरेको उनले बताए। डाका चोरीमा संलग्न अन्य व्यक्तिको पहिचान भइसकेको र उनीहरुको खोजविन जारी रहेको प्रहरी नायव उपरीक्षक कोइरालाले बताए।

भदौ १९ गते शनिगाउँ–४ स्थित जलजला खाप खण्डको जंगलमा लुकाईछिपाई राखेको एसएलआर एक थान बरामद गर्नुका साथै  धापा ६ स्थित स्याउको वगैंचामा लुकाई छिपाई राखेको अवस्थामा एसएलआर राईफलको गोली राउण्ड २५ र म्यागेजिन १ थान र चालवाला पूर्जा एक थान नियन्त्रणमा लिन सफल भएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। उनीहरु नेकपा माओवादीका पूर्व लडाकु हुन सक्ने आशंका गरिएको छ।

जुम्ला प्रहरीले गत साउन ४ गते पटमारा गाविस–३ उर्थूदेखि जुम्ला सदरमुकाम आउने वाटोमा डिल्लीचौर गाविस ७ बस्ने अगंबहादुर रावतसहितका ११ जनालाई नियन्त्रणमा लिइएको थियो। उनीहरुबाट ३ सय ३३ केजी वनलसुन वरामद गरेर वन कार्यालयमा वुझाएको हो। विगत एक महिनायता जुम्ला र मुगु जिल्लाको सिमानामा विभिन्न वडा एरियाहरुमा हतियार धारी डाँका समुहले डाका चोरी गर्ने गरेको घटना नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा तयार पारिएको सुरक्षा योजनाअनुसार प्रहरी परिचालन गरी कडन सर्च थालेको हो।

यसअघि भदौ १ गते राति पातारासी गाविस–३ बस्ने पृथ्वीबहादुर ऐडी र कृष्णबहादुर बुढाको घरबाट छ÷सात समुहले हातहतियार देखाई ६ लाख ९४ हजार र लत्तकपडा, भाँडाकुँडा, डाका चोरी गरेको सूचनाका आधारमा प्रहरीले पातारासी–३ का चन्द्रबहादुर ऐडी र श्रीबहादुर वुढाको घरबाट एक नाल भरुवा वन्दुकसहित युएसए लेखिएको चक्कु बरामद गरेको थियो। उनीहरुलाई डाका र हातहतियार मुद्दामा अदालतमा मुद्दा चलाएर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक कोइरालाले जानकारी दिए। जुम्ला विमानस्थलमा प्रहरीको गस्ती टोलिलाई लक्षित गरी पेस्तोल पड्काएको भन्दै पेस्तोलसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिइएको थियो। पछिल्लो समयमा लुटेराका क्रियाकलापले आजित बनेका स्थानीयलाई प्रहरीले सुरक्षाको महसुस गराउन थालेको छ।

स्थानीयले सही समयमा सूचना दिएर सहयोग गरे डाका समुहलाई नियन्त्रणमा लिई सुरक्षा दिन सकिने प्रहरीले जनाएको छ।
 

प्रकाशित: २० भाद्र २०७३ ०७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App