coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

मूल्य वृद्धि नियन्त्रणको माग

खोटाङ– खोटाङका तीन विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नियन्त्रणको माग गरेको छ ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले जिल्ला प्रशासन कार्यालय पुगेर डिजेल, पेट्रोल, मट्टीतेल लगायत पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको हो । जिल्लामा भित्रिएका पेट्रोलियम पदार्थ प्रतिलिटर कम्तीमा १९ भन्दा बढी मूल्यमा बिक्री भइरहेकाले मूल्य नियन्त्रणको माग गरिएको नेविसंघ खोटाङका अध्यक्ष राजकुमार बस्नेतले बताए ।

असार ३ गते आयल निगमले पेट्रोलमा तीन रुपैयाँ, डिजेल र मट्टितेलमा दुई–दुई रुपैयाँ मूल्य घटाए पनि जिल्लामा यथावत मूल्य रहेकाले प्रशासनको ध्यानाकर्षण गराइएको विद्यार्थी संगठनले जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य नियन्त्रणमा बेवास्ता गरिए दबाबमूलक कार्यक्रम गर्ने अध्यक्ष बस्नेतले बताए । जिल्लामा अझै पनि पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर १९ रुपैयाँ बढी अन्तर रहेको विद्यार्थी संगठनले जनाएको छ ।

प्रकाशित: ७ असार २०७५ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App