८ वैशाख २०८१ शनिबार
प्रवास

डब्लिनमा घन्कियो पञ्चेबाजा

लन्डन– आयरल्यान्डमा रहेका नेपाली र आयरल्यान्ड नागरिकको सहभागितामा नेपाल आयरल्यान्ड डे सम्पन्न भएको छ। शनिवार सम्पन्न कार्यक्रममा डब्लिनका लर्ड मेयर जिओ म्याग हग, सांसदहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि कार्यवाहक राजदूत शरदराज आरनले नेपाल आयरल्यानड डे कार्यक्रमबाट नेपाल र आयरल्यानडबीच द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन जनस्तरसम्म सम्बन्ध विकास गर्न, नेपालको कला र संस्कृतिलाई विस्तार गर्न सहयोग पुग्ने विचार व्यक्त गरे। लर्ड मेयरले कार्यक्रमको सफलताको शुभकामना तथा नेपाल र आयरल्यान्डबीच सम्बन्ध विस्तार हुने विचार व्यक्त गरेका थिए।

नेपाल आयरल्यानड सोसाइटीका अध्यक्ष दिपेशमान शाक्य, एनआरएन यूरोप संयोजक कुल आचार्य, सांसद जिओ कस्टेलोलगायतले समेत कार्यक्रमलाई सम्बोधन गरेका थिए।

कार्यक्रममा विभिन्न आइरिस र नेपाली कलाकारद्वारा गीत, नृत्य प्रस्तुत गरिएको थियो। नेपाली पञ्चे बाजा कार्यक्रमको प्रमुख आकर्षण थियो। विभिन्न समयमा नेपाल भ्रमण गरी आइरिस पर्यटकद्वारा खिचिएको फोटो राखी फोटो प्रदर्शन गरिएका फोटो प्रदर्शनी हजारौंले अवलोकन गरेका थिए।

नेपाली दूतावास, नेपाल आयरल्यान्ड सोसाइटी र नेपाल पर्यटन बोर्डले आयोजना गरेको उक्त कार्यक्रममा आयरल्यानडमा रहेका गैरआवासीय नेपाली संघलगायत विभिन्न संघ संस्थाको सक्रिय सहभागिता थियो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App