coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विश्वकप फुटबलमा बिहीबार हुने तीन खेलहरू

रूस – रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा बिहीबार (आज) ३ खेलहरू हुँदैछन्। समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह सी मा रहेका डेनमार्क र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ।

खेल समारा एरिना रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बाट सुरु हुनेछ। आफ्नो पहिलो खेलमा अष्ट्रेलिया फ्रान्ससँग २–१ ले पराजित भएको थियो भने डेनमार्कले पेरुलाई १–० ले हराएको थियो।

आजै हुने दोस्रो खेलमा बेलुका ८ः४५ बजे समुह सी कै फ्रान्स र पेरू भिड्नेछन्। सो खेल इकाटेरिनबर्ग एरिना रंगशालामा हुनेछ। अघिल्लो चरणको यात्रा तय गर्न पेरूलाई यो खेल जित्नैपर्ने दबाब छ। 

त्यस्तै निज्नी नोभगोरोड रंगशालामा हुने आजको अन्तिम खेलमा राती ११ः४५ मा अर्जेन्टिना र क्रोएसिया आमने सामने हुनेछन्।

पहिलो खेलमा अर्जेन्टिना आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो भने क्रोएसियाले नाइजेरीयालाई २–० ले स्तब्ध बनाएको थियो। यो खेलमा विश्वकप फुटबल २०१४ को उपविजेता टोली अर्जेन्टिनालाई जित्नैपर्ने दबाब छ।

 

प्रकाशित: ६ असार २०७५ २०:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App