जिप दुर्घटनामा नौ घाइते

बुधबार, ०६ असार २०७५, २१ : २२ नागरिक

पर्वत- पर्वतको कुस्मा नगरपालिका वडा नं ७ रोहोटेमा बुधबार दिउँसो जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन्। कुस्मा नगरपालिका–३ दुर्लुङ्गबाट कुस्माबजारतर्फ आउँदै गरेको ग १ ज ६०६५ नं.को जिप ब्रेक फेल भइ दुर्घटना भएको हो। दुर्घटनामा घाइते हुनेहरुमा सबैजसो कुस्मा नगरपालिका–३ दुर्लुङ्गका बासिन्दा रहेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते भएका कुस्मा– ३ दुर्लुङ्गका ७४ वर्षीय पूर्णबहादुर दर्जीलाई पर्वत जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ। जिपका चालक दुर्लुङका ४६ वर्षीय डिलबहादुर गुरुङको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

दुर्घटनामा परी सामान्य घाइते भएका सोही ठाउँका २५ वर्षीय समिर पोख्रेल, २१ वर्षीय एलिसा सुनार, सोभाकान्त शर्मा, २५ वर्षीया कल्पना परियार, २२ वर्षीया अन्जु परियार, कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ का २५ वर्षीया एलिजा विक र कुस्मा नगरपालिका–३ का ४० वर्षीया सुधा गुरुङ्ग जिल्ला अस्पताल पर्वतमा उपचारपछि घर फर्किएका छन्। 





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad