४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

इयुको निर्णयविरुद्ध आयरल्याण्डले अपिल गर्ने

ब्रसेल्स – आयरल्याण्ड सरकारले युरोपियन युनियन इयुले अमेरिकन प्रसिद्ध कम्पनी एप्पलले आफ्नो सरकारलाई १३ अर्व युरो फिर्ता गर्नुपर्ने निर्णयकाविरद्ध अपिल गर्ने बताएको छ।

सरकारको निर्णय सुनाउँदै आयरल्याण्डका एक प्रभावशाली नेता तावोसिच एन्डा केनीले आफुहरुे कुनै गल्ती नगरेको भन्दै उक्त निर्णयका विरुद्ध अपिल गर्न पाउने आफुहरुको अधिकार भएको बताएका छन् । उनले भने ‘ आयरल्याण्ड एक स्वतन्त्र राष्ट्र हो ,त्यसैले कसलाई कति रकम तिर्ने र नतिर्ने भनेर हामी आफै निर्णय गर्न सक्षम  छौ र हाम्रो नियम तथा कानुन कसैले हामीलाई सिककाइ राख्नु पर्दैन ।

यता एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले भने  ‘ हामी इयुले रकम फिर्ताका बारेमा गरेको निर्णयमा पर्नविचार गर्ने र उक्त निर्णय उल्टनेमा विश्वस्त छौ । उनले इयुले गरेको उक्त निर्णय प्रतिशोध र राजनितीक स्वार्थले गरिएको आरोप लगाए ।

इयूले आएरल्याण्डद्वारा अमेरिकी कम्पनी एप्पललाई बुझाएको राजस्व इयू सदस्य सहयोग नियम विपरीत भएको जनाउँदै सो रकम फिर्ता हुनुपर्ने दाबी गरेको  थियो । एप्पलले अन्य व्यापारिक कम्पनीको तुलनामा आएरल्याण्डलाई कम कर तिरेको पाइएको र यो इयू सदस्य राष्ट्रको नियम विपरीत भएको दाबी गरेको थियो ।

 

प्रकाशित: २० भाद्र २०७३ ०६:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App