७ वैशाख २०८१ शुक्रबार
समाज

पूर्वाधार विकासले मात्र समृद्धि हुँदैन : पुन

धरान- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं म्यागासेसे पुरस्कार विजेता महाविर पुनले सडक, रेल, जलविद्युत, स्कुल, पुल, इन्टरनेट, टेलिफोन विस्तारजस्ता पुर्वाधार विकासमा सरकार केन्द्रीत भएपनि त्यसले समृद्धिको आधा अर्थात ५० प्रतिशत मात्र लक्ष्य हासिल हुने बताएका छन्। पुर्वाधारले मात्र देश समृद्ध नहुने भन्दै उनले बाँकी ५० प्रशित काम मानवपूँजी परिचालन गरी प्रविधि विकास गरेर उत्पादन गरी बिक्री गर्न सकेमात्र सतप्रतिशत समृद्धि प्राप्त हुने उनको भनाई थियो।

रेल, एयरपोर्ट, विजुली सबै तयार भएपनि त्यो उपभोग गर्न जनता आर्थिकरुपमा धनी हुनुपर्ने र त्यसको लागि विदेश जान नपरी स्वदेशमा नै प्रविधिको विकास गरेर उत्पादन बढाउने र विदेशमा बेचेर पैसा कमाउने वातावरण तयार हुनुपर्ने पुनको धारणा थियो। ‘अहिले सबैको ध्यान बाटो, पुल, रेल, एयरपोर्ट बनाउन मात्र फोकस छ, त्यो सबै पुर्वाधार हो, पुर्वाधार विकास चाहिन्छ, बनाऊ,’पुनले भने,‘तर, पुर्वाधार भनेको समृद्धिको ५० प्रतिशत मात्र हो । पुर्वाधारको विकासले मात्र विकास हुदैन, पुर्वाधार बनाएर मात्र के गर्नु ? रेलमा चढ्न, विजुली खपत गर्न, प्लेन चढ्न पैसा चाहिन्छ । पैसा कमाउने कसरी ? मानवपुजी परिचालन गरेर प्रविधिको विकास गरेर उत्पादन गर्ने र त्यो बेचेर बाँकी ५० प्रतिशत समृद्धि, विकास गर्ने हो।’

रेल चलाउन २ वटा लिक बनाउनुपरे जस्तै सरकारले पुर्वाधार र प्रतिभाको उपयोग गरेर प्रविधिको विकास गरे मात्र समृद्धिको रेल गुड्ने उनको भनाई थियो । देशलाई समृद्ध बनाउन प्रतिभा भएको जनशक्तिलाई देशमा नै राख्न सरकारसँग आग्रह गर्दे पुनले प्रविधिको विकास गर्ने र उत्पादन बढाउनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोडदिए । ‘हामी ७ प्रतिशत विदेश सामान पठाउछौं र ९३ प्रतिशत आयात गछौं । त्यो भनेको ७ रुपैया कमाएर ९३ रुपैया खर्च गर्नु हो । रेमिट्यान्सले गर्दा मात्र हो देश टिकेको । तर, त्यो रेट्यिान्स पनि उत्पादनमा लगानी छैन । घर बनाउने, व्यापार गर्ने, बाइक मोवाइल किनेपछि फेरी विदेश नै पुग्छ,’पुनले भने,‘हामीले ९ अर्ब सामान आयात गछौं, त्योमध्ये ७ खर्ब त रेमिट्यान्सबाट आउछ । हामीले उत्पादन गरेनौं, व्यापार गरेनौं र गरिब भयौं ।’ उनले दिमाग भएका, क्षमतावानहरुलाई स्वदेशमा नै राखेर प्रविधिको विकास गर्न, उद्योग खोलेर उत्पादन बढाउन र विदेश निर्यात गरेर मात्र देश आर्थिकरुपमा समृद्धि हुने बताए।

 

प्रकाशित: ६ असार २०७५ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App