हात्तीलाई साङ्लो मुक्त गर्ने अभियान असफल

बुधबार, ०६ असार २०७५, १३ : ०८ नागरिक

चितवन- चार वर्षअघि चितवन राष्ट्रिय निकुञ्जमा शुरु गरिएको हात्तीलाई साङ्लो मुक्त बनाउने अभियान असफल भएको छ।

‘इलाफेन्ट एड’ नामक विदेशी दातृसंस्थाको सहयोगमा ठूलो रकम खर्च गरी निकुञ्जले हात्ती राखेको हात्ती प्रजनन केन्द्र खोरसोर, सौराहा, कसरा, लामिचौर, बेलशहर, खोरीया मुहान लगायतका ठाउँमा विद्युतीय तारबार गरी हात्तीलाई साङ्लो मुक्त बनाएको थियो।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार जंगली हात्ती मत्ता भएपछि पोथी हात्ती खोज्दै आउने र त्यसले तारबार ढालेर भित्र छिर्ने गरेकाले यो अभियान सफल नभएको बताए।

तत्कालीन चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले उच्चस्तरको प्रविधिको अभाव, जंगली हात्तीको समस्या, मर्मत संभारका लागि बजेटको अभाव र कर्मचारीलाई यो प्रविधिका बारेमा बुझाउन नसकेका कारण हात्तीलाई साङ्लो मुक्त गर्ने कार्यक्रम असफल भएको बताए।

निकुञ्जमा ५७ वटा हात्ती छन् । ती हात्तीलाई खुट्टामा साङ्लोले बाँधेर राख्ने गरिन्छ । जनावरको अधिकारका क्षेत्रमा वकालत गर्ने संघसंस्थाले हात्तीलाई साङ्लोले बाँधेर राख्न नहुने जनाउँदै आएका छन्।रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

निःशुल्क सेवा प्रदान

निःशुल्क सेवा प्रदान

चितवन कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले संविधान दिवसका अवसरमा बिहीबार बहिरङ (ओपिडी) तर्फको टिकट निःशुल्क...

Ncell Footer Ad