७ वैशाख २०८१ शुक्रबार
समाज

घर फर्किने चाँजो अझै मिलेन

काठमाडौं – आज जुन २० अर्थात् विश्व शरणार्थी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
नेपालमा भुटान, तिब्बत र म्यानमारका थुप्रै शरणार्थीहरु रहेका छन्। जानकारहरुका अनुसार नेपालमा शरणार्थीको संख्या यकिन गर्न गाह्रो छ।

गत शनिबार मात्रै इद मनाएका म्यानमारबाट बंगलादेश हुँदै नेपाल आएका रोहिंग्या शरणार्थीहरुको पीडा छुट्टै छ। नेपालमा शरणार्थीको रुपमा जीवन बिताइरहेका २७ वर्षीया मोहम्मद करीम जन्मभूमी म्यानमारमा मनाएको इद सम्झेर निराश र उदास देखिएका थिए। उनी काठमाडौंको कपनस्थित  रोहिंग्या शरणार्थी शिविरमा बस्छन्।

‘म्यानमारमा हुँदा छोरा छोरी, श्रीमती मेरो आँखा अघि हुन्थे’, उनले भने, ‘अहिले बच्चाको यादले एकदमै सताउँछ।’ बर्माको मंग्दु जिल्लामा आतंक फैलाएको अभियोग लगाई आक्रमण गरेपछि उनी त्यहाँबाट भाग्न बाध्य भएका थिए।  

करीम लाखौं रोहिंग्या शरणर्थीहरू मध्येका एक प्रतिनिधि पात्र हुन् जसलाई सरकारले भाषा, संस्कृति जस्ता कुराको बहाना बनाएर निशाना बनाएको थियो। यस्था थुप्रै शरणार्थी छन् नेपालमा जो कहरपूर्ण जीवन विताउन बाध्य छन्।

शणाराथीर्को अवस्था विश्वमा हेर्ने हो भने, विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कराण सन् २०१७ मा करिब ६ करोड ८५ लाख व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्र संघले गरेको एक अनुसन्धानले बताएको छ।

आफ्नो देशबाट यसरी  विस्थापित हुनेमा प्रायः म्यानमार र सिरियाका नागरिकहरूको संख्या उच्च रहेको छ।

 अघिल्लो वर्ष  भन्दा सन् २०१७ को अन्त्यसम्ममा विश्वभरबाट विस्थापित हुने व्यक्तिको संख्या  ३० लाखले बढेको पनि खुलासा भएको छ।

 गएको एक दशकको अवधिमा करिब ५० प्रतिशतले  शरणार्थीको संख्यामा वृद्धि भएको पाइएको छ।

एक दशक अघिमात्र यो सङ्ख्या चार करोड २७ लाख रहेको संयुक्त राष्ट्रसंघले प्रकाशन गरेको सो प्रतिवेदनमा उल्लेख छ।

विस्थापितहरुको यो सङ्ख्या १० वटा देशको मात्र भएको जेनेभामा प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संयुक्त राष्ट्र संघीय उच्च शरणार्थी आयोगका आयुक्त फिलिपो ग्रान्डीले बताए।

सिरियामा सात वर्षसम्म जारी द्वन्द्वको क्रममा ६३ लाख व्यक्ति देश छोडी विदेशमा शरणार्थी बन्न बाध्य भएका छन्। यो सङ्ख्या विश्वभर रहेका शरणार्थीहरुको तुलनामा तीन भागको एक भाग हुन आउँछ  सिरियामा अरु करिब ६२ लाख व्यक्ति सिरियाभित्र नै आन्तरिकरुपमा विस्थापित भएका छन्। शरणार्थी सङ्ख्याको विषयमा सन् २०१७ मा गरिएको अध्ययनअनुसार दोस्रो स्थानमा अफगानिस्तान पर्छ।

प्रकाशित: ६ असार २०७५ ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App