coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट अमेरिका बाहिरिने

तस्विर : एजेन्सी

वासिंटन - संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट अमेरिकाले  बाहिरिने घाेषणा गरेकाे छ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले परिषद राजनीतिक पूर्वाग्रही भएकाे भन्दै संयुक्त वक्तव्य जारी गर्दै मानवअधिकार परिषदबाट अमेरिका बाहिरिएको घोषणा गरेका हुन् ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत  हेलीले मानवअधिकार परिषद्ले भेनेजुएला र इरानमा भइरहेको मानवअधिकार उल्लंघनका घटनामा केही नबोलेको र कंगोजस्ता देशलाई नयाँ सदस्य दिएर परिषद्ले मानवअधिकारको पक्षमा वकालत गर्न नसुहाउने बताइन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले पनि मानवअधिकार परिषद्का काममा पटक–पटक गम्भीर प्रश्न उठ्न थालेकाले संगठनको औचित्य नरहेको बताए ।

 

प्रकाशित: ६ असार २०७५ ०३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App