६ वैशाख २०८१ बिहीबार
समाज

गंगामायाको माग सम्बोधन गर्न एम्नेस्टीको माग

काठमाडौं – एम्नेस्टी इन्टरनेसनलले छोराको हत्यारालाई कारबाहीको माग गर्दै दोस्रोपटक आमरण अनशन बसेकी गंगामाया अधिकारीको माग सम्बोधन गर्न माग गरेको छ।

एम्नेस्टी इन्टरनेशनल नेपाल शाखाका अध्यक्ष राजन कुँइकेलले मंगलबार साँझ एक विज्ञप्ति जारी गरी गंगामायालगायत नेपालको द्वन्द्वकालीन अपराधका पीडितलाई न्याय दिन माग गरेको हो।

विज्ञप्तिमा भनिएको छ– ‘सशस्त्र द्वन्द्वका क्रममा भएका अपराधका पीडितका लागि न्यायको आवाज उठाइरहेका नेपालका पीडित समूह, नागरिक समाज संगठन र राष्ट्रिय मानवअधिकार आयोगप्रति एम्नेस्टी इन्टरनेशनल नेपाल ऐक्यबद्धता व्यक्त गर्दछ।’

गंगामायाले दोस्रोपटक भोक हडताल थालेको आज २२ दिन बितिसक्दा पनि नेपाल सरकारबाट उक्त अनशनको कुनै सम्बोधन नभएको भन्दै एम्नेस्टी इन्टरनेशनलले गहिरो चिन्ता व्यक्त गरेको छ। न्यायको आवाजप्रतिको सरकारको चरम उदासीनताका कारण ३२९ दिनको आमरण अनशनपछि गंगामायाका श्रीमान् नन्दप्रसाद अधिकारीको दुःखद् निधन भएको थियो।

सशस्त्र द्वन्द्वका क्रममा अन्यायमा परेका पीडितलाई चाँडो न्याय प्रदान गर्न सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने समेत एम्नेस्टी इन्टरनेशनलको माग गरेको छ। रासस

प्रकाशित: ६ असार २०७५ ०३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App